महानगरले हटायो जडीबुटीको अस्थायी प्रहरी बिट

समाचार

८ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले जडीबुटीको अस्थायी प्रहरी बिट हटाएको छ । नेपाल प्रहरी बस्दै आएको जडीबुटीको बिट डोजर लगाएर भत्काउने काम भएको महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।

सडक क्षेत्रमा पर्ने भौतिक संरचना हटाउने कार्य अन्तर्गत काठमाडौं भित्रका प्रहरीको संरचना अहिले महानगरले हटाइरहेको छ । यस अगाडि मैतीदेवी मन्दिर र पुरानो बसपार्क छेउमा रहेको प्रहरीको अस्थायी संरचना हटाएको थियो ।

२५ चैतमा मेयर बालेन्द्र साह(बालेन)ले सामाजिक सञ्जाल मार्फत सडक क्षेत्रमा पर्ने विभिन्न स्थानका प्रहरी बिट हटाउनु पर्ने बताएका थिए । मेयर साहले बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि रहेको प्रहरी बिट, सामाखुसी, जडीबुटी चोक, सिनामंगल चोक, चुच्चेपाटी चोक, ढल्को, ताम्सीपाखा, रुद्रमतीमार्ग मैतीदेवी, असन चोक, न्यूरोड पिपलबोट लगायतका स्थानमा रहेका प्रहरी बिट हटाउनु पर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *