काठमाडाैँ, जेठ ७ काठमाडौंको ‘क्लिनिक’ बन्द गरेर दाङ पुगेका ‘सीमान्त गुरु’ उर्फ भरत भट्टराईलाई सर्वसाधारणसँग भेट्न रोक लगाइएको छ । दाङको तुल्सीपुरमा आज आयोजना गरिएको कार्यक्रम अत्यधिक भिडका कारण प्रशासनले रोकेको हो ।
हेरेर वा छोएरै बिरामीहरू निको पार्ने दाबी गर्दै आएका केसीले तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित त्रिशेद्धेश्वरी मन्दिरमा ‘सर्वसाधारणलाई भेट्ने’ कार्यक्रम राखेका थिए । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले उपचारको बहानामा तुलसीपुरको त्रिसिद्धेश्वरी मन्दिर परिसरमा सयौंलाई भेला गराइएको भए पनि अन्तिममा केसी कार्यक्रम नै नगरी बाँकेको नेपालगञ्जतर्फ लागेको बताए ।
‘हामीलाई त्यस्तो कार्यक्रममा सुरक्षा नदिनु र नजानु भन्ने प्रजिअको आदेश थियो,मल्लले भने,त्यो कुरा हामीले शनिबार राति नै केसीलाई जिल्लामा बोलाउनेहरूलाई भनिसकेका थियौं । ज्योतिष केसीलाई तुलसीपुर बोलाउने मध्यका एक जना उद्योगी डिल्लीबहादुर बस्नेतले पनि प्रहरीले सुरक्षा नदिने बताएपछि कार्यक्रम नै नगरी फिर्ता भएको जानकारी दिए ।
केसीले सामाजिक सञ्जाल टिकटकमा भिडिओ पोष्ट गर्दै आफूसँग अलौकिक क्षमता भएको दाबी गर्ने गरेका छन् । उनको त्यही दाबीलाई पत्याएर विभिन्न ठाउँमा मानिसहरू उनलाई आफ्नो बिराम देखाउन जाने गरेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले सिमान्त गुरू भनिने भरत केसीले संस्था नै दर्ता गरेर यो काम गरिरहेको जानकारि दिए ।