बिना मास्क बालकृष्ण अदालतमा, ‘नेपाली बेचुवा’ भन्दै गालीगलौज (भिडियो)

समाचार

काठमाडौं । अघिल्लो पटक लाज छोप्न मास्क लगाएर अदालत उपस्थित भएका बालकृष्ण खाँड आज बिना मास्क अदालत पुगे । अदालत परिसरमै उनीविरुद्ध एक महिलाले ‘नेपाली बेचुवा–देश बेचुवा’भन्दै गाली गलौज गरिन् । पत्रकारहरुतिर फर्केर खाँडले संक्षिप्तमा भने – यसमा संलग्न छैन ।’

अब यस प्रकरणमा को संलग्न छ, को छैन भन्ने कुराको निष्कर्ष अदालतले निकालि हाल्नेछ । मामिला अदालतमा प्रवेश गरेपछि यसको अन्तिम टुंगा दुई चार दिनमै हुने पनि होइन ।

एक कुरा निश्चित नै छ कि सरकार पक्षको दावीअनुसार अदालतले फैसला सुनायो भने मामिला कम्तिमा सात आठ महिना लम्बिनेछ । नभए पनि केही वर्ष त यो प्रकरण अदालतमा विचाराधीन हुने नै छ ।

नक्कली शरणार्थी प्रकरणले राजनीति र समाज तरंगीत पारिरहँदा आइतबार पनि अनेक घटनाक्रम विकास भए । प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक विरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । तर प्रतीक अहिले फरार छन् ।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँडविरुद्ध अदालतमै गालीगलौज भएको छ । म्याद थपका लागि आइतबार दिउँसो खाँडलाई काठमाडौं जिल्ला अदालत पु¥याइएको थियो । अदालत परिसरमै एक महिलाले अपशब्दसहित ‘नेपाली बेचुवा, देश बेचुवा’ भन्दै कराएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *