नेपाली चेलीहरु कुवेतमा अलपत्र (भिडियो)

भिडियो

काठमाडौं । यिनी हुन् बाँकेस्थित राप्तीसोनारी गाउँपालिका ७ की धनमाया राजी (भिडियोमा)। घरेलु कामदारका रुपमा कुवेतमा पु¥याइएकी धनमायाले आफुमाथि कुटपिट भएको भन्दै उद्दारका लागि कार्यक्रम सिधा कुरा जनतासँगलाई भिडियो शन्देश पठाएकी छिन् ।

धनमायालाई चार महिना अघि सुर्खेत रामघाटका जगत विकले कुवेत पु-याएका थिए । एजेण्ट विकले राम्रो काम र तलब दिलाउने प्रलोभनमा उनलाई कुवेतको जहारा भन्ने ठाउँ पु¥याएका थिए ।

तर राम्रो काम त परको कुरा खान बस्नकै समस्या भएको धनमायाको दुखेसो छ । आफुमाथि घरमालिकले कुटपिट गरेर यातना दिने गरको उनको भनाई छ ।

धनमायाले हामीलाई पठाएको भिडियो शन्देशमा आफुमाथि श्रमशोषण समेत भएको उल्लेख गरेकी छिन् । जसका कारण आफु डिप्रेशनको शिकार भएको उनको भनाई छ ।

विरामी हुँदा औषधी उपचार पनि नगरिदिएको उनले बताइन् । धनमायाले आफुलाई उद्दार गरी नेपाल फर्काइदिन गुहार मागेकी छिन् ।

धनमायाको यो गुनासो सुनेपछि हामीले उनलाई कुवेत पु-याउने एजेण्ट जगत विकलाई सम्पर्क गर्ने प्रयास ग-यौ । तर, उनको मोबाइल नम्बर स्विच रहेको पाइयो ।

त्यस्तै कैलाली लम्कीकी अनुषा सोपले पनि कुवेतबाटै उद्दारको गुहार माग्दै हामीलाई भिडियो शन्देश पठाएकी छिन् । शम्सेर भाट र उनको सहयोगी गोपाल पहाडी नाम गरेका व्यक्तिले अनुषालाई कुवेत पु-याएका थिए ।

कामको चापले विरामी परेपछि आफु नेपाल फर्किन चाहेको उनको भनाई छ । विरामी परेपछि मुखबाट रगत समेत बग्न थालेको भिडियो नै हामीलाई पठाएकी छिन् । अनुषाले जस्सरी भएपनि नेपाल फर्काइदिन गुहार मागेकी छिन् ।

अनुषाको यो गुनासो सुनपछि हामीले हाल नेपालमै रहेक नवरपरासीका गोपाल पहाडीलाई सम्पर्क ग-यौँ । उनले अनुषालाई कुवेत पु¥याउन आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । यद्यपि कुवेत जाने क्रममा टिकट हातमा थमाइदिएको स्विकार गरेका छन् ।

अर्का एजेण्ट सम्सेर भाट भने हाल कुवेत रहेको बताइएको छ । हाम्रो टिमले उनलाई पनि सम्पर्कमा ल्याउने प्रयास गरेपनि हालसम्म सम्पर्क भने हुन सकेको छैन् । (भिडियो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *