शरणार्थी प्रकरण नसेलाउँदै अमेरिका पठाउने अर्काे ठगी काण्ड बाहिरियो, १०१ जना पीडित

समाचार

नक्कली शरणार्थी बनाइ अमेरिका पठाउने लोभ देखाएर सयौँ मानिसहरु ठगिएको घटना सेलाउन नपाउँदै फेरि अमेरिका पठाउने भनी ठगी गरिएको अर्काे काण्ड बाहिरिएको छ । वैदेशिक रोजगारीका लागि अमेरिका पठाउने नाममा १०१ जनाबाट साँढे तीन करोड ठगी भएको खुलेको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका ६ नगरकोट बस्ने वर्ष ६८ को सिताराम बास्तोलासमेतले सुनिला गुरुङसमेत १०१ जनालाई वैदेशिक रोजगारीको लागि अमेरिका, जर्मनी, बेलायत तथा जापान पठाउने भन्दै ठगी गरेका हुन् ।

प्रतिव्यक्ति रु ३० लाख लाग्ने र सम्बन्धित देशहरूमा पुगेपछि प्रतिष्ठित कम्पनीहरूमा काम लगाइदिने लोभ देखाएर ठगी गरेको पाइएको छ । उनीहरुले त्यहाँ पुगेपछि मासिक चार लाखबढी तलब हुने भनी विश्वास दिलाई प्रलोभनमा पारेका थिए ।

अहिलेसम्म गिरोहले पीडितहरुबाट पटकपटक गरी जम्मा तीन करोड ५६ लाख आठ हजार रुपैयाँ लिएर फरार भएका पााइएको छ । वैदेशिक रोजगार विभागबाटको अनुरोधमा यसरी फरार भएका भक्तपुरका सिताराम बास्तोलालाई पक्राउ गरी विभागमा बुझाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *