किन दक्षिण कोरियामा महिलाहरू ब्रा लगाउन छाडिरहेका छन्

रोचक

काठमाण्डौः दक्षिण कोरियामा महिलाहरू भित्र ब्रा नलगाई बाहिरी पोसाक मात्र लगाई खिचिएका आफ्ना तस्बिरहरू सामाजिक सञ्जालमा प्रेषित गरिरहेका छन्।

ब्रा नलगाउन चलाइएको #NoBra अभियान सामाजिक सञ्जालमा व्यापक भएको छ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा लाखौँ फलोअर रहेको आफ्नो खातामा दक्षिण कोरियाली अभिनेत्री तथा गायिका सुलीले भित्र ब्रा नलगाएको आफ्ना तस्बिर प्रेषित गरेपछि अरूले पनि उनको अनुसरण गर्न थालेका हुन्।

दक्षिण कोरियामा उनी धेरैका लागि ब्रा नलगाउने अभियानको प्रतीक बनेकी छन्। अनि दक्षिण कोरियाली महिलाहरूले एउटा स्पष्ट सन्देश दिइरहेका छन्: ब्रा लगाउनु वा नलगाउनु “व्यक्तिगत स्वतन्त्रता”को विषय हो।

ब्रा नलगाउने अभियान
समर्थन जनाइएका केही सन्देश पाए पनि उनले कतिपय महिला र पुरुषबाट आलोचना खेपिरहेकी छन्।

धेरैले उनलाई सामाजिक सञ्जालमा अरूको “ध्यानाकृष्ट गर्न चाहने” व्यक्तिको रूपमा चित्रित गर्दै जानीजानी उनले उत्तेजना निम्त्याएको आरोप लगाएका छन्।

महिला अभियानलाई आफ्नो ख्यातिका लागि उनले प्रयोग गरेको केही मानिसको भनाइ छ।

“म बुझ्छु कि ब्रा लगाउनु तपाईँको इच्छाको कुरा हो। तर आफ्नो स्तन उठेको देखियोस् भनेर उनी सधैँ कसिएको कमिज लगाएर तस्बिर खिच्न लगाउँछिन्। उनले त्यसो गर्नु नहुने हो,” इन्स्टाग्राममा एकजना प्रयोगकर्ताले टिप्पणी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *