सकम्बरी नामले रातारात चर्चामा आएकी कुसुम शर्मा को हुन् ? [ भिडियोसहित ]

भिडियो

आज हामी कुसुम, फूलमाया अर्थात् सकम्बरीका बारेमा चर्चा गर्नेछौं । भिडियो अन्तिमसम्म हेर्नुहोला । कुसुम शर्मा अर्थात चर्चित पात्र सकम्बरी जसको छोटो कपाल । आफ्नै दुनियाँमा रमाउने युवती हुन् ।

आफूलाई लागेको कुरा फ्याट्टै बोल्छिन् । फरासिली कुसुम सकम्बरी झै उन्मक्त हाँस्छिन् । प्रकाश सपुतको पछिल्लो म्युजिक भिडियो फूलमायामा सकम्बरी पात्रको रुपमा फिचर्ड भएपछि कुसुमको दिनचर्या नै फेरिएको छ । अहिले उनलाई जताततैबाट बधाईको ओइरो लागिरहेको छ ।

अन्तर्वार्ता दिन भ्याइनभ्याई छ । युबट्युब हेर्छिन् आफैले खेलेको भिडियो ट्रेण्डिङको शीर्ष स्थानमा बसिरहेको हुन्छ । टिकटक स्क्रोल गर्दा उनकै अकाउण्ट आउँछ । उनकै गीतमा लगातार भिडियो बनाउनेहरुको बाढी नै छ । उनलाई निन्द्रा नै लागेको छैन ।

कुसुम शर्मा मात्र २० बर्षकी भइन् । उनी नर्सिङ सकेर विदेश जाने सोचका साथ अंग्रेजी भाषा (आईईएलटीएस्) गर्न गत बर्षको असारमा काठमाडौं उक्लिएकी हुन् ।

नवलपुरमा जन्मिएर हुर्किएरकी कुसुमको परिवार अहिले चितवन सरेको छ । आमा बुबा र परिवार उतै चितवनमा बस्छन् । उनी पढ्न काठमाडौंमा बस्छिन् । कुसुमलाई सानै देखि अभिनयको रहर थियो ।

स्कुल कलेजका कार्यक्रममा भाग लिन्थिन् । इच्छाले मात्र भएन भाग्यले साथ दिएको थिएन । त्यहीबीचमा प्रकाश सपुतका भाई सुनिल बिकसँग मित्रता भयो । प्रकाश सपुतले सकम्बरी गीतको परिकल्पना गरिरहेका थिए ।

उनले भाईलाई आर्टिष्ट खोज्न भने । सुनिलले कुसुम शर्मा सम्झिए । पहिलो पटक म्युजिक भिडियो गरेकी कुसुमका लागि त्यो बरदान सावित भयो । उनी रातारात चम्किइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *