सामान्य रुपमा तपाइँले विमान एयर’पोर्टको रनवेमा ल्याण्ड गरेको देख्नुभएको होला ।तर, एक किशोर पाइलटले भने विमान’लाई गाडी दौडी’रहेको सडकको बीचमा रहेको पुलमा अवत’रण गराएका छन् । अमेरिकामा १८ वर्षका पाइ’लटले आफूले उडाइरहेको विमान’लाई व्यस्त सडकमा रहेको पुलमा आक’स्मिक अवतरण गराएका छन् ।
अमेरि’काको दक्षिणी न्यू जर्सीमा विमान उडाइ’रहेका पाइलट ल्याण्डन लुकासले विमानमा खराबी आएप’छि आक’स्मिक अवतरण गराउनु परेको थियो । आकस्मि’क अवस्थामा उनले एक पुलमा विमान सफल रुपमा अवत’रण गराए किनकि विमानलाई अन्य’त्र लैजानको लागि उ’नीसँग पर्याप्त समय थिएन ।
अधिकारी’हरुका अनु’सार यी पाइलटले न्यूजर्सीको एक पुलमा विमान अवतरण गराउँदा केहीबेर सडकमा यातायात अवरुद्ध भयो तर कसैलाई कुनै चोट लागेन । १८ वर्षका ल्याण्डन लुका’सका अनुसार उनको विमा’नमा दिउँसो करिब साढे १२ बजे खराबी आएको थियो । त्यतिबेला लुकासले अट’लान्टिक सिटीमा स्टिल पियर नजिकैको आका’शमा विमान उडाइ’रहेका थिए ।
लुकासले ओसन सिटीमा नजिकैको नगर’पालिका हवाइ अड्डामा विमान ल्याण्ड गराउने कोसिस गरिरहेका थिए तर यो सम्भव थिएन । त्यही बेला उनले रुट नम्बर ५२ कजवेको पश्चिम’तर्फ जाने सडकमा यातायातमा केही अन्तर देखे । यो सडकले ओसन सिटी र सोमरस प्वाइन्ट’लाई जोड्छ ।
सडकमा गाडी’हरुको बीचमा केही खाली ठाउँ देखे’पछि उनले विमान सडकमै ल्याण्ड गर्ने निर्णय गरे । प्रत्यक्ष’दर्शीहरुका अनुसार लुकासले कसैलाई कुनै चो’ट नपर्ने गरी विमान ल्याण्ड गरेका थिए । अधि’कारीहरुका अनुसार यस क्रममा विमान’लाई पनि कुनै क्षति भएन । घटनाको थप जाँच भइरहेको छ ।