कुनैदिन गित गाएर एकदिनमै ५ लाख समाउने समिक्षालाई गित गाउन दिन छाडे, त्यसपछि…

समाचार

काठमाडौँ – एक समय थियो समीक्षा अधिकारीको गायन चर्चामा हुन्थ्यो। उनले गाएका धेरै गीत चर्चित भए। समीक्षाले स्वर दिएका गीतले धेरैलाई लोकप्रिय पनि बनाए। उनी सानै उमेरमा व्यस्त गायिकाको सूचीमा पर्थिन्। दिनकै ५/७ वटा गीतमा आवाज भर्थिन्।

चलचित्रको पार्श्व गायनदेखि लोक गीत तथा आधुनिक गीत सबै विधाका गीतमा उनको स्वरको जादु चल्थ्यो। समीक्षालाई गीत गाउन लगाउने गीतकार तथा संगीतकारको लामो सूची नै बन्थ्यो। चलचित्रमा पनि उनको माग उस्तै थियो। गीत गाएर समीक्षा दिनकै ५ लाखसम्म पारिश्रमिक समाउँथिन्।

तर अहिले परिस्थिति फेरिएको छ। समीक्षाको गायन यात्रा रोकिएको छ। उनलाई गीत गाउन लगाउने पर्खाइमा बसेका गीतकार तथा संगीतकारले बाटो मोडिसकेका छन्। हिजोआज समीक्षाका गीत होइन, उनले लेखेका स्टाटसको चर्चा हुने गरेको छ। उनी समय समयमा फेसबुकमा स्टाटस राख्छिन्।

केही समय उनको स्टाटसको चर्चा हुन्छ, एकखालको तरंग ल्याउँछ। ​समीक्षाले पछिल्लो पटक यु’ द्ध र जीवनलाई जोडेर स्टाटस लेखेकी छिन्। उनले युद्ध नलडेको सिपाही र चोट नखाएको जिन्दगी उस्तै हुने तर्क प्रस्तुत गरेकी छिन्। चोट बिनाको जिन्दगी अधुरो रहने भन्दै समीक्षाले सार्वजनिक गरेको स्टाटसले उनी आफैं चोटमा रहेको संकेत गर्छ।

उनी केही समययता गायनमा सक्रिय छैनन्। सामाजिक सञ्जालमा पनि उनी निक्कै अस्थिर देखिन्छिन्। समय समयमा स्टाटस लेख्ने, त्यसलाई एडिट गर्ने फेरी हटाउने र नयाँ पोस्ट गर्ने गरिरहन्छिन्। छोटो समयमा उत्कृष्ट पाँच गायिकाको सूचीमा पर्न सफल समीक्षाको जीवनको लय फेरिएको छ।

गायिका समिक्षा अहिले उनकी बहिनिसंग अष्टेलियामा छिन । उनि उनकी बहिनि सहित अस्ठेलिया गएकी हुन् । बुझी अनुसार उनि अब उतै सेटल हुनेछिन । आफ्नो बाकी अध्यन उतै बाट पुरा गर्नेर बताईएको छ । उनिसंग नाम जोडिएका एक मोडल नेपालका बिभिन कर्क़यक्रममा मोटो रकम लिएर सहभागी भैरहेका छन् ।

यो पनि – निर्देशक दीपेन्द्र के खनालले बहुप्रतिक्षित फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’को छायांकन आजबाट सुरु गरेका छन् । पशुपतिनाथको परिसरमा नायक विपिन कार्कीको पहिलो सट खिच्दै फिल्मको छायांकन सुरु भएको हो । टुकी आर्टस्को प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्मलाई ३० दिन लगाएर खिच्ने योजना निर्माणपक्षको छ ।

फिल्मलाई आउँदो बर्षको दशैंको फूलपातिबाट रिलिज गरिने निर्माणपक्षले बताएको छ । यो फिल्ममा विपिन कार्की शिर्ष भूमिकामा छन् । साथमा फिल्ममा स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, सौगात मल्ल, वर्षा सिवाकोटी लगायतका कलाकारको अभिनय रहनेछ ।

यो फिल्मले ‘भष्मे डन’ पात्रको कथालाई अगाडि बढाउनेछ । यसअघि फिल्म ‘पशुपति प्रसाद’मा पशुपति प्रसादको कथा भनिएको थियो । ७ बर्ष अगाडि रिलिज भएर सुपरहिट भएको यो फिल्मको सिक्वेलको प्रतिक्षा आम दर्शकमा छ । खगेन्द्र लामिछानेले यो फिल्मको कथा लेखेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *