दशा बाजा बजाएर आउदैन भन्छन । यस्ते उखान यति बेला रामेछाप जिल्लाका एक युवालाई मेल खान गएको छ उनी उमेरले २७ वर्ष मात्र पुगेका छन । भर्खरै बिबाह बन्ध नमा बाधिएका युवक भिरबाट करिब २०० मिटर तल झारेका थिए । सबैको सहयोग उनलाई उदार गरेर घर सम्म ल्याईयो ।
अहिले उनको दर्दनाक अवस्था छ। जीवन मरणाको अवस्थामा छन । शरिरमा गहिरो चोट लागेको छ शरिरका केही भाग चल्दैन । टाउकोमा ठूलो चोट लागेको छ उनी बेहोशी अवस्थामा छन । उनको उपचारमा समेत समस्या देखिदै आएको छ ।
आज भन्दा ७ महिना अघि बिहे गरेर सुनौलो सपना बोकेका इन्द्रबहादुर बस्नेत, घरको जेठो छोरा हुन । पारिवारिक जिम्मेवारी उनको काधमा छ । श्रीमती र बुबाआमासग बस्दै आएका यी पिडितको आर्थिक अवस्था झन कम्जोर छ । उपचार गरिदिनु भन्दै उनका पिता हात जोड्दै मिडियामा आएका छन ।
घासपात गर्न जङ्गल गएका थिए । श्रीमतीलाई सजिलो बाटो बाट हिड्नु म आउछु भनेका श्रीमान लडेपछी न रुनु न हास्नु भएकी छिन । यी नया बुहारीलाई कसरी सम्झाउने, कसरी खुशी राख्ने अर्को पीडा छ बुबा आमा सग ।
९,दिन देखि उनी अस्पतालको बेडमा वेहोस अवस्थामा सुतिरहेका छन । शरीरमा घाउ नै घाउ छ । छोराले आँखा समेत हेर्न सकेको छैन मेटो घरको जेठो छोरा बचाईदिनु भन्दै बुबाले बेलौ ना गर्नु भयो । मिडियामा = आएका बुबाले सहयोग गर्ने सहयोगदा तालाई समेत धन्यवाद दिनु भयो।