नेपाली क्रिकेट टिमले शानदार जित निकाले संगै गायक प्रमोद खरेलले लेखे मनछुने स्टाटस, सरकारसंग गरे यस्तो आग्रह !

समाज

काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा यूएईलाई ९ रनले पराजित गर्दै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा डकवर्थ लुईस नियमअनुसार नेपालले यूएईलाई ९ रनले पराजित गरेको हो । योसँगै नेपाल जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोटमा खेल्न पाउने भएको छ ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले पूरा ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएसँगै खेल रोकियो र डकवर्थ लुईसका आधारमा नेपाल २ रनले विजयी घोषणा गरिएको हो । यसैबीच गाएक प्रमोद खरेलले नेपाली क्रिकेट टिमले शानदार शैलीमा जित निकाले संगै एक लामो स्टाटस लेख्दै सरकारसंग यस्तो आग्रह गरेका छन् ।

उनले लेखेका छन्- किर्तीपुरमा नेपाली टिमले किर्ती फैलाउदै गर्दा नेपाली खेल इतिहासमा एउटा सुनौलौ दिन (Golden era) आएको छ। अब सिनीयर टीमले टेष्ट मान्यता राष्ट्रसँग विश्वकप छनौट एवं U19 ले विश्वकप नै खेल्दैछ । साथै घरेलु मैदानमा वैशाख मै एसिया कप छनौट । किर्तीपुरमा दर्शकको क्रेज र मानव सागर देखेर दुनियाँ चकित छ । सामाजिक सञ्जाल बधाई र खुशीले रङ्गिएको छ ।

टोलिले जिम्बावेको टिकट काटिसकेको छ । तर पछिल्लो समय नेपाली टिम ठूलो उतार-चढाव भोग्दै यहॉ सम्म आइपुगेको छ । कप्तान ज्ञानेंद्र मल्ल सहित केहि खेलाडी माथीको कारवाही, सन्दीप लामीछानेको निलम्बन र पुनरागमन सहितका अनेक उल्झन बीच क्रिकेट अघि बढेको हो । ग्लोबल छनौट सम्म आइपुग्दा टिममा ५ प्रशिक्षक र ४ कप्तान परिवर्तन भए ।

अन्तिम १२ खेल अघि टिम पुछारबाट दोस्रो र दयनीय अवस्थामा थियो । तर कोच मन्टी देशाइको आगमन सँगै टिमको रुप यसरी फेरियो कि मानौं हामीलाइ हामी देखी नै घरीघरी विश्वास लागीरहेको छैन । १२ मा ११ जीत त्यो पनि शानदार शैलीमा । अनि अब के त ? अब कहाँ छ राज्यको जिम्मेवारी ?? एउटा कोच परिवर्तनले मात्रपनि नेपाली खेलाडीको प्रतिभा यसरी उजागर हुन सक्छ भने राज्यको भूमिका के हो ? सम्माननीय प्रधानमन्त्री, नेता, कलाकार लगायतको उपस्थितिले टिमलाई हौसला दिन्छ होला ।

क्रिकेटमा पागल भैदिने दर्शकले हिम्मत र साहस दिए होलान । अब राज्यले के गर्छ त ? २/३ महिना मै टेष्ट राष्ट्र सँग प्रतिस्पर्धा गर्दै गर्दा अबको तयारी, प्रशिक्षण लगानीको लागि राज्य कति तयार छ ? अहिले सम्म टिममा स्थायी रुपमा बलिंग कोच, फ़िल्डिंग कोच राख्न सकिएको छैन । किर्तिपुरको सानो मैदानमा प्रशिक्षण गरेकै भरमा विश्वकपका ठूला मैदानमा ठूला टिम सँग भिड्न सकिन्छ ?

खेलाडीलाई ब्याट किन्न नसकेको समाचार आइरहदा टिमलाई आवश्यक सामग्री, प्रशिक्षण गराउने उपकरण, विभिन्न उत्कृष्ट टिम सँग प्रतिस्पर्धा, बलियो घरेलु क्रिकेट संरचना , खेलाडीलाई निर्धक्क भएर खेल्ने वातावरण राज्यले बनाउनै पर्दछ । हैन भने केन्या लाइ हेरे हुन्छ विश्वकप को सेमिफ़ाइनल खेलेको टिम आज कहॉ छ ।

भोको पेट र अभावबीच खेलाडीको जुनुनले मात्र धानेको क्रिकेट यात्रा स्थायी हुन सक्दैन । प्रशिक्षकको भनाइ सापटी लिने हो भने नेपाली खेलाडीको क्षमता अदभुत छ र नेपाल पुर्ण सदस्य हुन योग्य छ । राज्य अब ढिला नगर, सारा नेपालीलाई एक ढिक्का बनाउने र चन्द्र सुर्य विश्वमा लहराउने यो सत्कर्ममा नचुक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *