काठमाडौं । एक वर्ष लामो जेल जीवन बिताएर फर्किएका नायक पल शाहले म्युजिक भिडिओ ‘तिमीलाई हेर्ने बानी पर्यो’ बाट कमब्याक गर्ने भएसंगै उनले फ्यानलाई खुशीको खबर दिएका हुन् । कारागारबाट फ्रकिएपछि पलले के गर्लान् भन्ने धेरैको कौतुहलतालाई पलले नै मेटाइदिएका हुन् ।
उनले ‘तिमीलाई हेर्ने बानी पर्यो’ गीतको फिमेल भर्जनमा काम गर्ने लागेको हुन । सो गीतको मेल भर्जन एक वर्ष अगाडि उनकै आधिकारिक ‘पल शाह’ युट्युब च्यानलमार्फत सार्वजनिक भएको थियो । उक्त गीत हिट भएपछि उनले त्यहीँ गीत फिमेल भर्जनमा तयार गर्न लागेका हुन। तयारी गर्न लागिएको यो गीत पनि उनकै च्यानलबाट सार्वजनिक गरिने बताइएको छ ।
एक वर्षअघि नै युट्युबमा रिलिज भइसकेको ‘तिमीलाई हेर्ने बानी पर्यो’ बोलको फिमेल भर्सनको गीतमार्फत आफू कमब्याक गर्न लागेको उनले बताए पछि दर्शकले भीडबाट फिल्ममा पनि चाँडै फर्कनुपर्छ भनेर हुटिङ गर्न थालेपछि चाँडै फिल्ममा समेत फर्किने तयारीमा रहेको उनले बताए ।
कार्यक्रममा पल आउने खवर पाएपछि हजारौँको संख्यामा मानिसहरुको उपस्थिति थियो । पललाई हेलिकप्टरबाट कार्यक्रमसम्म पुर्याउन पनि सुरक्षाकर्मीलाई निकै हम्मेहम्मे परेको थियो । महोत्सवमा उपस्थित पलले पुगेलगत्तै सबैलाई अभिवादन गर्दै चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को ‘तिम्रो घरको वरिपरि’ बोलको गीत गाउँदै उनले आफ्नो प्रस्तुति पनि दिए ।
जेलजीवन बसेर आएका उनले त्यहा पनि जेललाइए विश्वविद्धालयको सज्ञा दिएका थिए । उनले जेलकोे नाम सुन्ने बित्तिकै आफूलाई डर लाग्ने बताए । जेलबाट निस्केपछि आफूले हजारौँको संख्यामा आमाबुवा पाएको पलले बताए ।
जेल जानुअघि मलाई मेरो घरमा एउटा आमा, एउटा बुवा, एउटा दाई र एउटा बहिनी छ जस्तो लाग्थ्यो । तर जेलमा बस्दाखेरि वा भनौँ विश्वविद्यालयमा पढ्दै गर्दाखेरि मैले लाखौँ हजारौँ आमा, बुवा र दिदीबहिनीहरु पाएँ भने पछि दर्शहरु पनि भाबु बनेका थिए ।