बुहारीको बिहे गरिदिने सासु ससुरालाइ खुट्टामा ढोगदिए हेन्सीले, जिउदो भगवान भन्दै प्रशंसा गरे (भिडियो सहित)

भिडियो

काठमाडौँ- केही वर्षअघि उपमहानगरपालिका–६ निवासी शिव र विनाका छोरासँग आरतीको बिहे भयो। उनका लागि बिहे गरेर आएको घर नै एउटा संसार बन्यो। समय सधैँ उही रहेन। बिहेको केही वर्षमा उनका पति बिरामी परे, क्यान्सर भएको टुंगो लाग्यो।

अन्ततः शिव र विना श्रेष्ठका एक मात्र सन्तान, आरतीका पतिको मृत्यु भयो। परिवारमा अन्धकार छायो। शिव–विना र आरतीले पनि सहे। समय बित्दै जाँदा घाउमा खाटो बस्दै गयो। छोराको मृत्युपछि शिव–विनाको सहारा बनिन् बुहारी आरती। पतिको मृत्युपछि पनि उनले घर छाडिनन्, सासूससुरासँगै बसिन्।

बिहीबार आमन्त्रितहरूका माझ यिनै आरतीको बिहे विधिपूर्वक भयो। शिव र विनाले राजीखुसीले उनको बिहे गरिदिएका हुन्। आरतीको बिहे गरिदिन पाएकोमा शिव र विना दुवैमा सन्तोषको भाव देखिन्थ्यो। ‘जन्मदिने बुबाआमा अरू नै भए पनि कर्म दिने बुबाआमा पहिलो प्राथमिकतामा हुनुहुन्छ,’ आरतीले भन्छिन्, ‘बिहेपछि पनि हामी तुलसीपुरमा बुबाआमाको घरमै आएर बस्छौँ।’

आरतीले दोस्रा श्रीमान चन्दनध्वज केसीसँग यसबारे सम्झौता भएको बताइन्। शिव र आरतीका कुरा सुनिरहेका चन्दनध्वजले पनि आफू आरतीकै इच्छाअनुसार अघि बढ्ने बताए। यता सामाजिक संजालमा आईरहने हेन्सीले, जिउदो भगवान भन्दै प्रशंसा गरेका छन् । भिडियो हेर्न यहाँ जानुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *