बुटवलको देवीनगर होराइजनचोकका ५६ वर्षिय रामचन्द्र रेग्मी उच्च रक्तचापको रोगी हुन् । उनकी श्रीमती ५५ वर्षिया सावित्रा रेग्मीलाई पनि उच्च रक्तचाप र मधुमेहको समस्या छ ।
डेढ वर्षअघि २०७८ असोज २० गते उनीहरुमाथि रोग भन्दा झन् ठूलो बज्रपात आइलाग्यो ।
अमेरिकामा जान टिकट लिइसकेर काठमाडौं जान घरबाट माइत आउने तयारीमा रहेकी छोरी अनिता रेग्मीको आफ्नै घरमा अचानक शंकास्पद मृ,त्यु भयो । बुटवल–१२ ढबाहास्थित घरमा २७ वर्षकी जेठी छोरीको रहस्यमय मृ,त्यु भएपछि रेग्मी दम्पति छोरी वियोगमा रोगमाथि थपिएको शोकले छटपटीमा बांच्न वाध्य छन् ।
छोरीको ह,त्या भएको दावी गर्दै रेग्मी परिवारले ६४ दिनसम्म शबको अन्त्येष्टी समेत नगरी आन्दोलन गरे । भिसेरा रिपोर्टमा अनिताको मृ,त्युको कारण शरीरमा विषादी पनि रहेको पुष्टि भएपछि अनिताको घरका ५ जना पुर्पक्षका लागि थुनामा गएपछि मात्र अन्त्येष्टी भएको थियो ।
मृ,तक अनिताका बुबा रामचन्द्रले घ,टना आ,त्म ह,त्या नभई योजनावद्ध ह,त्या भएकाले सोही अनुसार निष्पक्ष नयाय भएर दोषीमाथि कानूनी कारवाही भए मात्र अनिता र आफूहरुले न्याय पाउने र पीडा कम हुने बताउंछन् ।
निर्दोष छोरीको अकालमै ज्यान गएपछि रेग्मी दम्पतीले औषधिको डोज बढाउनु पर्दा स्वास्थ्य अवस्था झन् कमजोर भएको दुःख सुनाउंछन् । घ,टना हुनु अघि भन्दा औषधिको डोज दोब्बर बढाएर खानुपर्दा मानसिक र शारीरिक अवस्था कमजोर भएको रेग्मी दम्पत्ति बताउंछन् ।