बिहेपछि सिन्दुर लगाएर पहिलोपटक सुरक्षा पन्त मिडियामा, श्रीमानका बिशेष कुरा खुलाइन् (हेर्नुस भिडियो)

भिडियो

अभिनेत्री सुरक्षा पन्त बिहेपछि सिन्दुर लगाएर पहिलोपटक मिडियामा आएकी छिन् । उनले श्रीमानका बिशेष कुरा पनि गरेकी छिन् । सात बर्षको प्रेमलाई सुरक्षा र मानवले विवाह परिणत गरेको खुलाएकी छिन् ।

दुवैले केहिदिन अगाडी मात्र विवाह गरेका हुन् । सुरक्षा पन्तले अभिनेता मानव सुवेदीसँग विवाह गरेकी हुन्। ‘शुभविवाह,’ उनले लेखेकी थिईन । उनीहरूले नजिकका आफन्त र साथीभाइको उपस्थितिमा विवाह गरेका हुन्।

उनीहरूको विवाह समारोह चितवनको सौराहामा भएको हो । मानवले फिल्म ‘अन्तराल’ र ‘चिनी कम रङ कडा’ मा अभिनय गरेका छन्। यतिबेला उनी छोटा फिल्म निर्देशन गर्दैछन्। सुरक्षा पन्त अभिनीत फिल्म ‘बहाव’ चैत २४ गतेदेखि प्रदर्शन हुँदैछ।

प्रमोद कँडेल लिखित तथा निर्देशित फिल्ममा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठलगायत कलाकारको अभिनय छ। त्यस्तै उनी अभिनीत फिल्म ‘बुलाकी’ वैशाख १ गतेदेखि प्रदर्शन हुँदैछ। लक्ष्मण सुनारको निर्देशन गरेको फिल्म ‘बुलाकी’ जारी प्रथामा आधारित छ।

टोपेन्द्र विष्टले निर्माण गरेको फिल्ममा सुरक्षा पन्तसँगै नरेन खड्का, विराज विष्ट, रमेश बुढाथोकी, प्रकाश कँडेल, कुलदीप अधिकारी, सुशिल पोखरेल, लक्ष्मी गिरी, सोनु सेढाई, सरस्वती खत्रीलगायत कलाकारको अभिनय छ। फिल्मलाई शिव ढकालले खिचेका हुन्। पुरा भिडियो हेर्न यहाँ जानुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *