नेपालकै सुन्दरी हिरोइन श्रीमति हुँदाहुँदै आशिषले विबाह गरेको ९ महिनामै किन गरे अर्का बिवाह !

समाचार

अभिनेत्री वर्षा सिवाकोटीको वैवाहिक जीवन एक वर्ष नपुग्दै टुटेको छ। सामाजिक सञ्जाल मार्फत आशिष गेलालले अर्कै युवतीसँग विवाह भएको तस्बिर अहिले बाहिरिएको छ। आशिषले सोमबार झापाकी समीक्षा बिमलीसँग विवाह गरेका हुन्।

गत वैशाख ९ गते काठमाडौंको एक रिसोर्टमा वर्षा र आशिषले धुमधामका साथ विवाह गरेका थिए। विवाहलगत्तै वर्षा अमेरिका पुगेकी थिइन्।

नेपाल फर्किएलगत्तै सामाजिक सञ्जालमा एकले अर्कोलाई अनफलो गरेपछि यी दुईबीचको सम्बन्धमा दरार आएको अनुमान गरिएको थियो।
तर यस विषयमा अभिनेत्री वर्षाले भने आधिकारिक धारणा राखेकी छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *