अष्ट्रेलिया बस्ने युवासँग बिहे गर्दै क्रिकेट टिमकी सुन्दरी क्याप्टेन मरासिनी

समाचार

१८ वर्षको उमेरमा नेपाली क्रिकेटमा आफ्नो छुट्टै पहिचान स्थापित गरि यू(१९ महिला क्रिकेट टिमको कप्तान भएकी कृतिका मरासिनी आज विवाह बन्धनमा बाधिदै छिन । काठमाडौंको कपनमा घर भएको र अहिले अष्ट्रेलियामा बस्दै आइरहेका अनिलसग उनले विवाह गर्न लागेकी हुन् । उनिहरु दुवै जानाको तिन वर्ष देखिको चिनजान भएको र पछी प्रेम भए पछि अहिले घर बाटै मागेर विवाह गर्न लागेका हुन् । अनिल अष्ट्रेलियामा बस्ने भएता पनि कृतिकाले भने यहि नेपाल मै बसेर आफ्नो क्रिकेट करियर अगाढी बढाउने भनेकी छिन ।

२०१९ मा चीनमा भएको बि एण्ड आर कप प्रतियोगितामा सर्वोत्कृष्ट बलर चुनिएपछी र काठमाडौंमा २०१९ भएको वुमन्स च्याम्पियन लिग ९डब्यूसिएल० विराटनगर टाइन्टसबाट खेलेपछी उनि एकाएक चर्चामा आएकी थिइन् । सन् २०१९ मा कृतिका खेलाडीको रुपमा चीनमा एक प्रतियोगितामा सहभागी हुँदा ११ विकेटका साथ प्रतियोगिताकै सर्वोकृष्ट बलर घोषित भएकी थिईन् ।

कृतिकाको सिनियर स्तरको राष्ट्रिय स्तरको प्रतियोगिता पीएम कप हो । प्रतियोगितामा कृतिका बेस्ट बलर बनेकी थिईन् । त्यसपछी लगातार ठिकठाक प्रदर्शन गर्दै आइरहेकी कृतिकालाइ नेपाली महिला क्रिकेटको भविस्यका रुपमा हेरिदै आइरहेको छ । गत वर्षको ४ जुनदेखि मलेसियामा भएको प्रतियोगितामा नेपाल क्रिकेट संघ ९क्यान० ले सोमबार कृतिका मरासिनीलाई कप्तानको रुपमा नियुक्त गरेको थियो । उक्त प्रतियोगितामा नेपालले मलेसिया, युएई, थाइल्यान्ड, चीन, भुटान, म्यानमार र कतारसँग प्रतिस्पर्धा गरेको थियो ।

१८ वर्षको उमेरमा नेपाली क्रिकेटमा आफ्नो छुट्टै पहिचान स्थापित गरि राष्ट्रिय सिनियर टिमको दाबेदारको रुपमा आउनु सानो कुरा होईन । कृतिका मरासिनी नेपालको महिला क्रिकेटको क्षेत्रमा एउटा सम्भावना बोकेको नाम हो । कक्षा १२ को बोर्ड परिक्षा नजिकिदै थियो । कृतिकालाई एक अन्तराष्ट्रिय प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा नेपाल क्रिकेट संघ ९क्यान०ले बोलायो । उनलाई परिक्षाको संघारमा पोखराको बन्द प्रशिक्षणमा सहभागी हुनु थियो । पहिलो संस्करणको यू–१९ महिला विश्वकपको एसिया छनोट खेलका लागि सो बन्द प्रशिक्षण आह्वान गरिएको थियो । क्रिकेट उनका लागि भविष्य थियो । उनले कक्षा १२ को बोर्ड परिक्षा नदिने निर्णय लिईन् । र अभ्यासका लागि पोखरा लागिन् ।

सन् २०१९ मा चीनमा भएको एक अन्तराष्ट्रिय प्रतियोगिता खेलेको अनुभवका आधारमा क्यानले कृतिकालाई युवा टोलीको कप्तानको जिम्मेवारी दियो । कप्तानको नयाँ जिम्मेवारी सहित कृतिकाको टोली यू–१९ टी–ट्वान्टी विश्वकपको लक्ष्य बोकेर मलेसिया उड्यो । नेपाली टिमको लक्ष्य पहिलो संस्करण विश्वकपमा सहज रुपले स्थान सुरक्षित गर्नु थियो । नेपालले सो प्रतियोगिता अपेक्षा गरे अनुरुपको प्रर्दशन गर्न भने सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *