पछिल्ला फिल्महरु फ्ल्प भएपछि यसरी मन बुझाउँदै सम्राज्ञी (फोटोफिचर)

मनोरंजन

काठमाडौ । सम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली चलचित्र क्षेत्रकी एक चर्चित नायिका हुन् । उनले ड्रिम्स चलचित्रबाट चलचित्र मा प्रवेश गरेकी हुन् । चलचित्रमा उनको भुमिकाको राम्रै प्रशंसा गरिएको छ ।

सफल मोडेल महेश विक्रम शाह र गायिका नेहा राज्य लक्ष्मी शाहको कोखबाट २०५२ मंसिर २ गते काठमाडौमा सम्राज्ञी राज्यलक्ष्मी शाहको जन्म भएको हो । उनले सन् २०१६ मा ड्रिम्स चलचित्रबाट डेव्यु गरिन् । उक्त चलचित्रमा उनी काब्याको भूमिकामा थिइन् । यो उनको डेव्यु चलचित्र हो ।

त्यसपछि २०१६ मा नै ए मेरो हजुर– २ चलचित्रमा अभिनय गरिन् । यो चलचित्रमा उनले ५ लाख पारिश्रमिक लिएको चर्चा खुबै चुलियो । सन् २०१७ तिमी सँग ‌‌‌ र सन् २०१८ मा कायरा चलचित्रमा उनले अभिनय गरिन् । उनले ‘मारुनी’ चलचित्रमा समेत अभिनय गरिन् ।

अहिले पछिल्लो समय भने सम्राज्ञी राज्यलक्ष्मी शाहका पछिल्ला फिल्महरु लगातार फ्ल्प हुँदै गएपछि उनी पर्ख र हेरको अवस्थामा छिन् अहिले । मङ्गलम, मारुनीपश्चात साम्राज्ञीले फिल्म ‘तिम्रो मेरो साथ’मा पुष्पसँग तेस्रो पटक काम त गरिन् तर उनको कामलाई दर्शकले पत्याएनन् ।

नेपाली फिल्ममा सङ्ख्यात्मकरूपमा थोरै फिल्ममा अभिनय गरे तापनि स्थापित भएकी अभिनेत्री भएपनि सम्राज्ञी राज्यलक्ष्मी शाहका पछिल्ला आशा गरिएका दुई फिल्म सुपर फ्ल्प नै सावित भएको समिक्षक बताउँछन् ।

आशा गरिएका फिल्म ‘तिम्रो मेरो साथ’ र जितु नेपालसँगको ह्यारी की प्यारी फ्ल्प भएपछि उनको करियर कसरी अघि बढ्ला भन्ने प्रश्नहरु त उठेका छन् । तर यही माहोलमा यी सुन्दरीले बोल्ड लुक्स र सिजलिंग स्टाइलमा सुट गराएका तस्विरहरुले चर्चा पाइरहेका छन् ।

सम्राज्ञीले सामाजिक संजालमा राखिएको लेटेस्ट फोटोजले यतिबेला सबैको ध्यान तानेको छ। जहाँ उनले गुलाबी कलरको थाई हाइ स्लिट ड्रेश लगाएकी छिन्। यस ड्रेसमा उनी एकदम आकर्षक र बोल्ड अवतारमा देखिएकी छिन् । हेरौ उनका पछिल्ला तस्विरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *