समीक्षा अधिकारीको स्वरमा ‘रूँदै हिँड्नु पर्छ’ गीत सार्वजनिक (भिडियो सहित)

भिडियो

गायिका समीक्षा अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ। शनिबार खत्री सुवास युट्युब च्यानलमार्फत ‘रूँदै हिँड्नु पर्छ’ बोलको गीत सार्वजनिक गरिएको हो। वियोगान्त गीतमा गायिकाद्वय समीक्षा अधिकारी, सुनिता बुढा क्षेत्री र सुवास खत्रीको स्वर छ ।

सुजित खत्रीको शब्द, हेमन्त कान्छा रसाईलीको संगीत एवं एरेन्ज रहेको गीत गायक खत्रीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।बुढी आमा र भर्खर विवाह गरेकी श्रीमतीलाई छाडेर सुनौलो सपना बोकेर विदेशी हिँडेका युवाहरूको पीडा र व्यथालाई गीतमा समेटिएको छ।

गरिवीका कारण परिस्थितिले परदेशिन वाध्य युवाहरूको पीडा र व्यथालाई गीत र भिडियोले पेस गरेको छ । विशाल घिमिरे निर्देशित गीतको भिडिओमा सारिका केसी र दिनेश पुरीको अभिनय देख्न सकिन्छ।

नवराज उप्रेतीले छायांकन गरेको म्यूजिक भिडिओलाई नविन घर्तिमगरले सम्पानल गरेका छन्। शनिवार सार्वजनिक गीतले राम्रो भ्युजसँगै सकारात्मक प्रतिक्रिया पाइरहेको छ । भिडियो हेर्न यहाँ जानुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *