चर्चित कमेडियन भारतीलाई सुटिङकै क्रममा लेबर पेन सुरु भएको गरिन् खुलासा, सुटिङ सकेरै अस्पताल पुगिन

समाचार

राम्रो सेन्स अफ ह्युमर भएकी भारती सिंहले आफ्नो प्रतिभाका आधारमा मनोरञ्जन क्षेत्रमा लाफ्टर क्वीनको पहिचान बनाएकी छिन् । भारतीले २०१७ मा हर्ष लिम्बाचियासँग विवाह गरेकी थिइन् । ३ अप्रिल २०२२ मा उनी एक छोराकी आमा बनिन् । भारती र हर्षले आफ्नो प्यारो छोराको नाम ‘लक्ष’ राखेका छन् । भारती र हर्षले आफ्नो प्यारो छोरालाई गोला भनेर बोलाउँछन्।

कमेडियन भारती सिंह यतिबेला चर्चामा छिन् । भर्खरैको एक अन्तर्वार्तामा भारतीले आफ्नो गर्भावस्थाको अनुभव शेयर गरेकी छिन् । यसै क्रममा उनले निकै चकित पार्ने खुलासा गरेकि छिन् ।भारतीले एउटा शोको सुटिङका क्रममा आफुलाई लेबर पेन सुरु भएको बताएकी हुन् ।

भारतीले भनिन्,– खतरा खतरा शोको सुटिङका क्रममा लेबर पेन हुन थालेको थियो, एन्कर गर्न स्टेजमा पुगेपछि पेट दुख्न थाल्यो । कमेडियनले थपिन्,-पहिलो गर्भावस्थामा यी सबै कुरा थाहा हुँदैन। सुटिङपछि डाक्टरलाई बोलाउने सोचेको थिएँ। प्रसव पीडा हुँदा पनि सुटिङ पूरा गरेँ। सुटिङपछि फोन गरेँ। फोन गरेर डाक्टरलाई बोलाए ।

भारतीले थप भनिन्, ‘छायांकन सकिएपछि मैले हरेक १५ मिनेटमा पेट दुख्ने गरेको डाक्टरलाई बताएको थिएँ, डाक्टरले सुत्केरीको पीडा भएको बताए । सुटिङ सकेर घर आएपछि थाहा भयो । हामी कसैलाई डिस्टर्ब गर्न चाहँदैनथ्यौं। त्यसैले हर्ष र म दुवै अस्पताल गयौं। हामीले स्टाफ, आमाबुवा, परिवार, आफन्तलाई फोन गरेनौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *