जनताले रबिलाई भन्दा मलाई धेरै माया गर्छन याे कुरा हरेक नेपालीकाे मनमा छ : ऋषी धमला

समाचार

काठमाडौ ।निर्वाचन आयोगले चितवन–२ को उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ। आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि फागुन १० देखि १६ गतेसम्म दल दर्ता गरिसक्न आयोगले आह्वान गरेको हो।

नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन–२०७३ को दफा ४ बमोजिम राजनीतिक दललाई आयोगले काठमाडौंस्थित् कार्यालयमा दल दर्ताका लागि भनेको हो।

संविधानको धारा २७१ मा राजनीतिक दलको रुपमा निर्वाचनका लागि मान्यता प्राप्त गर्न दर्ता गराउनु पर्ने व्यवस्था रहेको छ। निर्वाचको प्रयोजनका लागि निर्वाचन आयोगबाट मान्यता प्राप्त गर्न चाहने धारा २६९ बमोजिम दर्ता भएका प्रत्येक राजनीतिक दलले संघीय कानूनबमोजिम कार्यविधि पूरा गरी निर्वाचन आयोगमा दर्ता गराउन पर्नेछ,’ संविधानको धारा २७१ (१) मा भनिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा उनको सांसद पद खारेज भएपछि चितवन–२ मा पुनः निर्वाचन हुन लागेको हो।हाल निर्वाचन आयोगमा एक सय १६ दल दर्ता छन्।

गत निर्वाचनमा निर्वाचन प्रयोजनका लागि ८७ दलले दर्ता गरेका थिए। यसै बिसयमा पत्रकार ऋषि धमला भन्छन्, ‘चितवन २ मा रबि लामिछाने बिरुद्ध उप निर्बाचन लड्दै छु जितेर पनि देखाउछु।

बहुआयामिक संक्रमणको पीडामा नेपाल
जतिवेला आडम स्मिथले ‘द वेल्थ अफ नेशन’ मार्फत खुला बजारको वकालत गरे उनैले आधुनिक पूँजीवादी युगको आरम्भ भएको घोषणा पनि गरे । लोकतन्त्र भनेको सीमित सरकार हो, सरकारले बजारमा हस्तक्षेप गर्न हुन्न भन्ने भाष्यले युग युगसम्म आफ्नो वर्चस्व कायम गर्‍यो ।

यसैको समेत प्रतिवाद गर्दै जब कार्ल मार्क्सले अतिरिक्त मूल्यको सिद्धान्तको आविष्कार गरेर मजदुरमाथिको शोषणको अन्त्य गर्न त्यस्ता अन्यायकारी सरकारको मात्रै हैन, राज्यको समेत अन्त्यको वकालत गरेर समाजवादी अर्थतन्त्रको औचित्य सावित गर्न खोजे ।

एक्काइसौं शताब्दीको दोस्रो दशक अर्थात् सन् २०१३ नोबेल पुरस्कार विजेता थोमस पिकेटीले ‘क्यापिटल इन द ट्वान्टी फस्र्ट सेन्चुरी’ नामक पुस्तक मार्फत पूँजीवाद कहिल्यै लोकतान्त्रिक हुँदैन ! त्यहाँ त पूँजी हुने र नहुनेहरूबीचमा असमानताको खाडल छ र पूँजीवादी शासन व्यवस्था कायम रहेसम्म बढोत्तरी भइरहन्छ भन्ने निष्कर्ष निकालिदिए ।

यस्तो पृष्ठभूमिमा विश्व समाज सँगसँगै नेपाली राजनीति पनि संक्रमणको रफ्तारमा गुजि्रएको छ । यस्तो संक्रमणबाट मुक्ति पाउने सम्भावना छिट्टै छैन भन्ने संकेत अझै पनि ओझेल परेको छैन ।

आधुनिक राजनीति अर्थात् खुला राजनीति आरम्भ गरेको ७० वर्षको अवधिमा नेपालले हरेक एक दशकमा एक-एक गरी सात संविधान, औसतमा चौध महिनाका दरले प्रधानमन्त्री र निर्दलीय, दलीय व्यवस्थाबाट झण्डै तीन सयको हाराहारीमा निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनैतिक दलहरूबाट नेपाल शासित छ ।

सबै कुराको अनुमान र आकलन गर्न सकिन्छ तर राजनीतिको संभव छैन भन्ने भाष्य यतिबेला नेपाली राजनीतिमा अधिक प्रचलनमा छ । यो आलेखमा राजनीतिक संक्रमणको सेरोफेरोमा चर्चा गर्ने प्रयत्न गरिएको छ ।

संक्रमण आफैंमा अस्थायी परिवेश हो । त्यसैले यसको कुनै खास आकार, प्रकार वा प्रवृत्ति हुँदैन भन्ने स्थापित मान्यता छ । तर नेपालको सन्दर्भमा यो मान्यता पनि असान्दर्भिक ठहरिंदै जान थाल्यो । नेपालको सन्दर्भमा संक्रमण स्थायी परिघटना हो । यसका केही प्रवृत्ति अनुमानयोग्य छन् भन्ने तर्फ पुष्टि गर्दै लगेको छ ।

नेपालको राजनीतिक क्षेत्र अत्यन्त अविश्वसनीय बन्दै गएको छ । एकल र लोकतान्त्रिक प्रतिस्पर्धा नेपाली राजनीतिको एकादेशको कथा बन्न पुगेको छ । यसको लागि मुख्य जिम्मेवार राजनीतिक दलहरूको विचार र एजेण्डा भन्दा पनि शक्ति प्राप्त गर्ने र प्राप्त शक्तिमा टिकिरहने लालसा रहेको छ । यसका लागि सहायक भूमिकामा नेपालको निर्वाचन प्रणाली र शासकीय स्वरुप जिम्मेवार छन् ।

नेपाली राजनीति गठबन्धनको राजनीति बन्न पुगेको छ । संसारभरि प्रचलनमा रहेका गठबन्धनहरूलाई मूलतः तीन प्रकारमा विभाजन गर्न सकिन्छ । पहिलो विचारमा आधारित गठबन्धन, यसमा विचार मिल्नेहरू विचारका आधारमा एक ठाउँमा उभिन्छन् । उनीहरूको सहकार्यको आधार भनेको विचार हुन्छ ।

दोस्रो मुद्दा आधारित गठबन्धन हो । खास-खास विषयमा मुद्दा मिलेकै कारण उनीहरू एकठाउँमा उभिन्छन् । खास मुद्दाका कारणले एक ठाउँमा उभिने भएका कारणले त्यहाँ विचारको मेल र बेमेल हेरिंदैन ।

तेस्रो भने कुर्सीकेन्दि्रत गठबन्धन हो । यहाँ विचार र मुद्दाको भूमिका गौण हुन्छ । कुर्सी प्राप्ति प्रधान बन्छ । यो गठबन्धन बन्ने, चल्ने र टिक्ने आधार कुर्सीको बाँडफाँड हो र यसैको आधारमा यो चल्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *