धनगढीका बिधार्थीले बनाए इलेक्ट्रिक कार

समाचार

एसपीए कलेजका विद्यार्थी सागर खनालले बनाएको एसपीए ईभी मोडल कारको बुधबार धनगढीमा सार्वजनिक गरिएको छ ।

कलेजमा भएको उक्त कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले कार सार्वजनिक गरेका हुन् । एसपीएको कक्षा १२ विज्ञान संकायमा अध्ययनरत सागर खनालले उक्त कार बनाएका हुन् । कार बनाउन ६ महिनाको समय लागेको खनालले बताए ।

करिब ३ लाख रुपैयाँको लागतमा कार तयार भएको बताउँदै खनालले कार निर्माणको सम्पूर्ण खर्च एसपीए कलेजले व्यहोरेको उल्लेख गरे ।

खनालका अनुसार एक पटक चार्ज गरेपछि उक्त कार ८० देखि एक सय किलोमिटरसम्म चल्ने छ। जसमा कार स्टार्ट गर्नका लागि चावी संगै सेक्यूरेटी नम्बर समेत राखिएका कारण कार चोरी हुने सम्भावना नरहने खनालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *