गायिका समीक्षा अधिकारीले लेखिन यस्तो मार्मिक स्टाटस

समाचार

काठमाडौँ । गायिका समीक्षा अधिकारीले अन्तर्राष्ट्रिय नारी दिवसको दिनमा नारीका बारेमा खोक्रो आदर्शबादका कुरा गर्नेहरु पनि देखें भन्दै आफ्नो सामाजिक सञ्जाल फेसबुकमा गम्भीर भनाइसँगै मार्मिक भावना पोस्ट गरेकी छन् ।

उनले लेखेकी छिन्- नारीका बारेमा खोक्रो आदर्शबादका कुरा गर्नेहरु पनि देखें, बाहिर कठै बिचरा भन्दै पिठमा छुरा प्रहार गर्ने पनि देखे, समानता र समावेशीको काम्लो ओडेर आफैंले आफैंलाई नारीवाद कहलिएकाहरुलाई पनि देखे,नारीको इज्जत सम्मान गर्न नजान्नेहरुले नारीको बारेमा बोलेका बकम्फुसे कुरा पनि सुने,देखे।

साचिकै नारीलाई मान्ने हौ भने आत्मा बाट मान, तिम्रो व्यवहारका पोल्टामा नारीलाई सम्मान गर नाकी फेसबुके स्टाटस र तिम्रो भाषणमा । #११३औं अन्तर्राष्ट्रिय नारी दिवसको सम्पुर्ण नारीहरुमा शुभकामना ।

सामाजिक सञ्जाल फेसबुकमा ‘समीक्षा अधिकारी’ शब्द ‘पपुलर नाउ’मा परेको छ । अर्थात् उक्त शब्द फेसबुकमा अत्यधिक खोजिएको छ । उनका नाममा भएका कयौँ अनधिकृत फेसबुक पेज तथा अकाउन्टमा नकारात्मक प्रतिक्रियाको बाढी नै देख्न सकिन्छ ।

सामाजिक सञ्जालमा आउने नकारात्मक प्रतिक्रिया र ट्रोलका कारण आफू मानसिक तनावमा परेको बताउँदै आएकी अधिकारीलाई नकारात्मक कमेन्ट गर्ने शिलशिला बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *