राजेश पायलको पत्नीले लगाइन् गम्भीर आरोप, ‘आमाछोरालाई नै उम्लेको पानी खन्याउन बेर लगाउँदैनौ’

मनोरंजन

चर्चित गायक राजेश पायल राईले बच्चामाथि उम्लेको तातो पानी खन्याएको भन्दै पत्नी साङ्गबुङ राईले सामाजिक सञ्जालमा गुनासो व्यक्त गरेकी छन् ।राजेशकी पत्नी साङ्गबुङले बोली नफुटेको बच्चालाई तातो पानी खन्याएको भन्दै कुन दिन आमाछोरालाई नै उम्लेको पानी खन्याउन के बेर भन्दै प्रश्न समेत गरेकी छन् ।

उनले लेखेकी छन्, ‘आज मेरो दुधे बालक, बोली पनि नफुटेको बच्चालाई तातो उम्लेको पानी खनाएउ, भोलि गएर हामी आमाछोरालाई उम्लेको पानी खनाउन बेर लगाउँदैनौ ।’

छोराको स्वास्थ्य लाभको कामना गर्दै उनले राजेशलाई पापी बाउको संज्ञा दिएकी छन् ।

राजेश पायल निकट स्रोतले उनीहरूबीच आपसी असमझदारी रहँदै आएको बताइएको छ । यस विषयमा राजेश पायललाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *