रक्सि भन्दै पिसाव खुवाएको रिसमा साथीले मलद्वारबाट रक्सिको वोतल पेटमा छिराईदिएपछि…

रोचक

काठमाडौँ – र’ क्सि भन्दै पिसाव खुवाएको रिसले आफनै साथीले एक ब्यक्तिको पेटमा सिसाको सिंगै बोतल छिराई दिएका छन्। रौतहटको गुजरा नगरपालिका–९ अमतबा टोलका २६ वर्षीय नुर्साद मन्सुरीको मलद्वारबाट हाफ बोतल पेटमा पुर्याईएको हो।

प्रहरीको प्रारम्भीक अनुसन्धान अनुसार नुर्सादको पेटमा उनकै साथीले मलद्वारबाट बोतल छिराइदिएको खुलेको छ । चार दिनअघि चन्द्रपुर–१० बाल्चनपुरस्थित समीरको अटो ग्यारेजमा नुर्साद र उनका साथी मोहम्मद समीरसँगै बसेर मा’ दक पदार्थ सेवन गरेका थिए।

सो क्रममा नुर्सादले बोतलमा पिसाब राखेर साथीहरूलाई र’ क्सी भन्दै खुवाएको र यो कुरा समीरले थाहा पाई नुर्सादलाई शनिबार ग्यारेजमै बोलाएर न’ शालु पदार्थ खुवाई बेहोस बनाएका थिए। त्यसपछि उनले र’ क्सीको बोतलको मलद्वारबाट भित्र पसाइदिएको प्रहरीले जनाएको छ।

होसमा आएपछि आइतबार बिहान अचानक पेट दुखेको र स्थानीय क्लिनिकबाट औ’ षधि किनेर खुवाउँदा पनि ठिक नभएको उनका बुवा नेवाजी मन्सुरीले बताए। निकै पीडा हुन थालेपछि नुर्सादलाई सोमबार उपचारका लागि चन्द्रपुर अस्पतालमा भर्ना गराइयो ।

पेटको एक्सरे गराउँदा पेटभित्र सिंगो रक्सीको बोतल देखेपछि चिकित्सकले भरतपुरस्थित पुरानो मेडिकल कलेजमा रिफर गरिदिए। त्यहाँ थप एक्सरे गरेपछि डा. नारायण बेलबासेले पेटको श’ ल्यक्रिया गरेर सिंगो सिसाको बोतल निकालेका थिए ।तर डा. बेलबासेका अनुसार अझै नुर्सादको स्वास्थ्य खतरामुक्त भइसकेको छैन ।

रौतहटको गुजरा नगरपालिका–९ अमतबा टोलका २६ वर्षीय नुर्साद मन्सुरीलाई आइतबार बिहान अचानक पेट दुख्यो । त्यसपछि उनका बुवा नेवाजी मन्सुरीले स्थानीय क्लिनिकबाट औ’ षधि किनेर खुवाए । त्यसले ठीक भएन । निकै पीडा हुन थालेपछि नुर्सादलाई सोमबार उपचारका लागि चन्द्रपुर अस्पतालमा भर्ना गराइयो ।

अस्पतालले तत्कालै पेटको एक्सरे गरायो । रिपोर्टमा भने पेटभित्र सिंगो रक्सीको बोतल देखेपछि चिकित्सक नै आश्चर्यमा परे । ‘आखिर पेटमा यति ठूलो बोतल कसरी पस्यो ?’ स्वास्थ्यकर्मीहरू कानेखुसी गर्न थाले ।पेटभित्र ठूलै बोतल देखेपछि आन्द्रा फुटेको हुनसक्ने भन्दै नुर्सादलाई थप उपचारका लागि भरतपुर रिफर गरिएको छ ।

चन्द्रपुर अस्पतालका डा. अभिषेक अधिकारीले नुर्सादलाई पेट दुखेको निको नभएपछि झण्डै आधा घण्टा उपचारका लागि राखेर एक्सरे गराएका थिए । त्यस क्रममा उनको पेटमा बोतल देखेपछि बाहिर रिफर गरेको डा. अधिकारीले बताए ।‘एक्सरे गर्दा सिंगो बोतल नै पेटभित्र देखेपछि हामी आश्चर्यमा पर्यौं,’

उनले भने, ‘स्वास्थ्यमा गम्भीर असर पर्ने देखेरै हामीले बाहिर रिफर गरेका हौं ।’ अवस्था गम्भीर बन्दै गएपछि उनलाई भरतपुरस्थित पुरानो मेडिकल कलेजमा भर्ना गरिएको छ । त्यहाँ थप एक्सरे गरेपछि डा. नारायण बेलबासेले पेटको शल्यक्रिया गरेर सिंगो सिसाको बोतल निकालेका थिए ।

तर डा. बेलबासेका अनुसार अझै नुर्सादको स्वास्थ्य खतरामु’ क्त भइसकेको छैन । ‘झण्डै २ घण्टा लगाएर शल्यक्रिया गरेर बोतल निकालें,’ उनले भने, ‘४८ घण्टासम्म निगरानीमा राखेपछि मात्र अवस्था भन्न सकिन्छ । अहिले बिरामी बोल्नसक्ने अवस्थामा छैनन् ।’ श’ ल्यक्रियापछि उनलाई भेन्टिलेटरमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *