बैंकले लुटे भन्ने प्रसाईंको अस्पतालकै लुट धन्दा, एकदिन शव राखेको साढे २२ हजार शुल्क

समाचार

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंको बि एण्ड सी अस्पतालको श’ बगृहमा एकदिन श’ ब राख्दा २२ हजार ५ सय रुपैयाँ शुल्क लिने गरेको प्रमाण भेटिएको छ । पछिल्लो समय अराजक व्यवसायीको रुपमा परिचित प्रसाईं नेतृत्वको बिएण्डसी मेडिकल कलेजले एक दिन श’ ब राखेको शुल्क साढे २२ हजार रुपैयाँ लिने गरेको भेटिएको हो ।

पछिल्लो समय उनी बैंक तथा वित्तीय संस्थाले उच्च ब्याज लिएको भन्दै विरोध गरिरहेका छन् भने बैंकको सावाँ ब्याज तिर्न नहुने भन्दै अभियान नै सञ्चालन गरिरहेका छन् । उनकै नेतृत्वमा पछिल्लो समय ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ को नाममा अभियान सञ्चालन छन् ।

बैंकले सर्वसाधारणलाई लुटेको भन्ने प्रसाईंले नै सञ्चालन गरेको मेडिकल कलेजले एकदिन श’ व राखेको पनि यति धेरै रकम असुलिरहेका छन् ।प्राप्त प्रमाण हेर्दा बिएण्डसी अस्पतालले इमर्जेन्सी शुल्क ५ सय रुपैयाँ, दुई पटक इसीजी गरेको शुल्क १ हजार ८० रुपैयाँ र एक दिन शव राखेको २२ हजार ५ सय रुपैयाँ गरी कुल २४ हजार ८० रुपैयाँ लिने गरेको भेटिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *