स्टेज क्वीन’ को नामबाट चर्चित लोक गायिका भूमिका गिरी विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले सल्यानका हिजन विष्टसँग लगनगाँठो कस्न लागेकी हुन् ।भूमिका र हिजनले केही समयको प्रेमलाई पारिवारिक सहमतिमा विवाहमा परिणत गर्न लागेका हुन् ।
दुवैको विवाह समारोह सोमबार सल्यानमा आयोजना हुँदैछ । विवाहमा दुबै तर्फका सीमित आफन्त र साथीभाइ सहभागी हुने बुझिएको छ ।गायिका गिरीले ब्याचलर पार्टी शनिबार होटल सम्पदा गार्डेन लाजिम्पाटमा दिएकी थिइन् ।पछिल्लो केहि दिनमा भूमिकाले आफ्ना प्रेमीसंग बनाएको भिडियो टिकटकमा भाईरल छ ।
यो पनि – व्यावसायिक आशा राखिएको अनमोल केसी स्टारर फिल्म ‘२.० छड्के’ले निराशाजनक ओपनिङ गरेपछि नेपाली फिल्म क्षेत्र स्तब्ध बनेको छ । पहिलो सप्ताहन्तको ओपनिङ यति कमजोर छ कि प्रमुख मल्टिप्लेक्सले आइतबारदेखि शोमा कटौती गरेका छन् ।
स्वयं निर्माताले यो तहमा फिल्मले ओपनिङ गर्ला भन्ने सोचेका थिएनन् । अहिलेका महंगा अभिनेता अनमोलको पहिलो ग्याङस्टर फिल्म बताइएको छड्के २ को असफलताले अलग जनरामा आफूलाई स्थापित गर्ने अनमोलको प्रयासमा धक्का लागेको छ ।निर्देशक निगम श्रेष्ठका लागि यो लगातार तेस्रो असफलता हो ।
उनी निर्देशित छड्के र लालपूर्जा समेत बक्सअफिसमा पूर्णतः असफल रहे । समीक्षकहरु यी तीनै फिल्मको व्याकरणमा एउटै खाले समस्या रहेको बताउँछन् ।हरेक फिल्मका लागि पहिलो सप्ताहन्त निकै महत्वपूर्ण हुन्छ । खासगरी ओपनिङमा टिकेका छड्के २ जस्ता फिल्मका लागि त पहिलो सप्ताहन्त जरुरी भइहाल्ने भयो ।
होमपेज / कला/मनोरंजन
६८५ पटक पढिएको
अनुमानित पढ्ने समय : ० मिनेट
लोक गायिका भूमिका गिरीले यी युवासंग बिहे गर्दै
संदेश पत्र२०७९ फागुन २१, आईतबार (१0 घण्टा अघि)
396
Shares
facebook sharing buttontwitter sharing buttonmessenger sharing button
फाईल तस्विर
Free BTC giveaway every weekend. Register now!
Earn $$$ with your computer!
Young girls looking for a date
Chat with Instagram models
‘स्टेज क्वीन’ को नामबाट चर्चित लोक गायिका भूमिका गिरी विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले सल्यानका हिजन विष्टसँग लगनगाँठो कस्न लागेकी हुन् ।भूमिका र हिजनले केही समयको प्रेमलाई पारिवारिक सहमतिमा विवाहमा परिणत गर्न लागेका हुन् ।
दुवैको विवाह समारोह सोमबार सल्यानमा आयोजना हुँदैछ । विवाहमा दुबै तर्फका सीमित आफन्त र साथीभाइ सहभागी हुने बुझिएको छ ।गायिका गिरीले ब्याचलर पार्टी शनिबार होटल सम्पदा गार्डेन लाजिम्पाटमा दिएकी थिइन् ।पछिल्लो केहि दिनमा भूमिकाले आफ्ना प्रेमीसंग बनाएको भिडियो टिकटकमा भाईरल छ ।
यो पनि – व्यावसायिक आशा राखिएको अनमोल केसी स्टारर फिल्म ‘२.० छड्के’ले निराशाजनक ओपनिङ गरेपछि नेपाली फिल्म क्षेत्र स्तब्ध बनेको छ । पहिलो सप्ताहन्तको ओपनिङ यति कमजोर छ कि प्रमुख मल्टिप्लेक्सले आइतबारदेखि शोमा कटौती गरेका छन् ।
स्वयं निर्माताले यो तहमा फिल्मले ओपनिङ गर्ला भन्ने सोचेका थिएनन् । अहिलेका महंगा अभिनेता अनमोलको पहिलो ग्याङस्टर फिल्म बताइएको छड्के २ को असफलताले अलग जनरामा आफूलाई स्थापित गर्ने अनमोलको प्रयासमा धक्का लागेको छ ।निर्देशक निगम श्रेष्ठका लागि यो लगातार तेस्रो असफलता हो ।
उनी निर्देशित छड्के र लालपूर्जा समेत बक्सअफिसमा पूर्णतः असफल रहे । समीक्षकहरु यी तीनै फिल्मको व्याकरणमा एउटै खाले समस्या रहेको बताउँछन् ।हरेक फिल्मका लागि पहिलो सप्ताहन्त निकै महत्वपूर्ण हुन्छ । खासगरी ओपनिङमा टिकेका छड्के २ जस्ता फिल्मका लागि त पहिलो सप्ताहन्त जरुरी भइहाल्ने भयो ।
महत्वपूर्ण मानिएको पहिलो शुक्रबार र शनिबारको व्यापार नै निराशजनक भइसकेपछि छड्के २ को व्यावसायिक भविष्यका लागि बाँकी दिनहरु जोखिमपूर्ण छन् । यहाँ केही कारण उल्लेख गरिन्छ, जसले प्रतीक्षित छड्के २ को ओपनिङ कमजोर रह्यो ।ट्रेलरको अर्थ कथाको विज्ञापन गर्नु हो ।
छड्के २ को मामिलामा यो हुन सकेन । टिजर र ट्रेलरमा आधारभूत रुपमै समस्या थियो । कथा र पात्रको स्थापना हुन सकेन । कसको कथा थियो, कथाको अंश के हो ? यी कुराको उल्लेख थिएन । भिटेनजस्ता अब्बल र्यापरको गीतले समेत प्रशंसा बटुल्न सकेन जसको प्रभाव फिल्ममा देखियो ।
कम्तीमा महंगो बजेट र चलेका कलाकार भएका फिल्मले दर्शकमाझ पुग्न प्रचारप्रसारलाई व्यापक तुल्याउनुपर्ने हो । निर्मातादेखि कलाकारले फिल्म रिलिजको दिनसम्म मिडिया र पब्लिसिटीलाई पूर्णतः अस्वीकार गरे । कतिपय दर्शकले त फिल्म रिलिज भएपछि मात्र फिल्मबारे थाहा पाए । दर्शकलाई फिल्मबारे अत्तोपत्तो भएन ।
१० वर्षपछि दोस्रो शृंखला आउँदा पनि निर्देशकले दर्शकलाई यसबारे बुझाउनै सकेनन् ।ग्याङस्टर फिल्म भन्ने बित्तिकै दर्शकको सीमित दायरा हुन्छ । निश्चित उमेर समूह र वर्गका दर्शकले यसलाई रुचाउँछन् । विशेषगरी किशोरकिशोरी र युवापुस्तामाझ यो जनराको लोकप्रियता छ । तर उक्त समूहका दर्शक नै हलमा गएनन् । क्यूएफएक्सकै केही हलमा शो स्थगित समेत भए ।
छड्के २ को समीक्षा पूर्णतः नेगेटिभ रह्यो । हेरेका दर्शक निराश मात्र भएनन्, उनीहरुले अरुलाई समेत हेर्न प्रोत्साहित गरेनन् । पहिलो दिन नै नकारात्मक वर्ड अफ माउथ प्राप्त हुँदा दोस्रो दिन यसले पिकअप लिन सकेन । फिल्मले दर्शकलाई होल्ड गर्न सकेन ।
छड्के २ को कमजोर ओपनिङले दर्शकको मनोविज्ञान र चाहनालाई समेत प्रतिविम्बित गर्छ । नेपाली दर्शकले मारकाट, झगडा र हिंसात्मक कथावस्तुका फिल्मलाई रुचाएनन् भन्ने सन्देश यसले दिन्छ । नेपालमा जति पनि फिल्म हिट भएका छन् तीमध्ये अधिकांश पारिवारिक कथावस्तुमा बनेका छन् । भन्नुको अर्थ, अलग जनराका फिल्म पनि बन्नुपर्छ भन्ने हो ।