बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

समाचार

काठमाडौं । आइतबार सुनको भाउ बढेको छ । उक्त दिन सुनको भाउ ३०० रुपैंयाले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार उक्त दिन छापावाल सुन प्रतितोला १ लाख २८०० रुपैयाँ र तेजावी सुन १ लाख २३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, उक्त दिन चाँदी प्रतितोला १० रुपैंयाले घटेर १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २५०० रुपैयाँ र तेजावी सुन १ लाख २००० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *