हावाहुरीले फेवातालमा डुंगा पल्टिँयो, डुबेर महिलाको मृत्यु

समाचार

पोखरा : हावाहुरीले फेवातालमा डुंगा दुर्घटना हुँदा घाइते भएकी वृद्ध महिलाको मृत्यु भएको छ । दिउँसो हावाहुरी चलेर भएको डुंगा दुर्घटनामा सिंगे परिवार परेको थियो । बैदाम प्रहरी नायव उपरीक्षक वेद जोशीलेका अनुसार परिवारसहित चढेको डुंगा पल्टिदा ७० वर्षीय याममाया गिरीको मृत्यु भएको हो ।

सबैको उद्धार भएपनि वृद्ध आमा बेहोस भएकी थिइन् । उनको गण्डकी मेडिकल अस्पतालमा उपचार हुँदै गर्दा मृत्यु भएको डीएसपी जोशीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *