आज शनिबार यी ५ राशिलाई अत्यन्तै शुभ हुँदै !

रोचक

फागु पूर्णिमा अघि शनि प्रदोष व्रत शुभ संयोग बन्न लागेको छ। शनि प्रदोष व्रतको दिन कर्कट, वृश्चिक, मकर, कुम्भ र मीन राशिका लागि निकै शुभ मानिन्छ। शनिबारलाई शनिदेवको नाममा समर्पित मानिन्छ।

यसका साथै यस दिन हनुमानको पूजा आराधना गर्ने चलन पनि छ। हिन्दु पञ्चाङ अनुसार फाल्गुन शुक्ल पक्षको त्रयोदशीमा शनि प्रदोष व्रतको शुभ संयोग बन्दै गएको छ। यो व्रत भोलि फागुन २० गते शनिबार मनाइनेछ।

हाल शनि कुम्भ राशिमा विराजमान छ। यस्तो अवस्थामा मकर, कुम्भ र मीन राशिका लागि शनिको साढे सती चलिरहेको छ। कर्कट र वृश्चिक राशिमा शनि ढैय्याको प्रभाव छ।

कुम्भ राशिका लागि शनि साढे सतीको दोस्रो चरण, मीन राशिका लागि तेस्रो चरण र मकर राशिका लागि अन्तिम वा तेस्रो चरण चलिरहेको छ।धार्मिक मान्यता अनुसार शनिबार शनि भगवानलाई प्रसन्न पार्न साँझ पिपलको रुखको पूजा,

जल अर्पण र तोरीको तेलको दियो प्रज्वलन गर्नुपर्दछ। यसका साथै यस दिन हनुमानको पाठ गर्नाले शनिदेवको अशुभ प्रभाव कम हुने जनविश्वास रहेको छ। शनि प्रदोष व्रतको दिन शिव चालिसाको पाठ गर्नाले शनिदेव छिट्टै प्रसन्न हुन्छ।

शनि ढैय्या र साढे सतीको प्रभावलाई कम गर्न शनिदेवको मन्त्र र चालिसाको पाठ गर्नुपर्छ। शनिदेवलाई भगवान शिवको परम शिष्य मानिन्छ। यस दिन भगवान शिवको जलाभिषेक गर्नाले

महादेवसँगै शनि भगवानको पनि कृपा प्राप्त हुने जनविश्वास रहेको छ।शनि प्रदोष व्रतको दिन भगवान भोलेनाथ, हनुमान जी र शनिदेवलाई प्रसन्न पार्न शुभ संयोग

बनिरहेको छ। यस्तो अवस्थामा माघ ४ गते शनिको साडेसातीबाट पीडित व्यक्तिले शिवको पूजासँगै हनुमानको पूजा गर्नु र शनिदेवको अधिकतम ध्यान दिनु शुभ रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *