सर्मिला वाइबाको लफडामा राजेश पायल राईपनि परे !

समाचार

काठमाडौं । पछिल्लो समय पत्रकार ऋषि धमलालाई निरन्तर विवादमा तानिरहेकी सर्मिला वाइबाको लफडामा गायन क्षेत्रका महान गायक राजेश पायल राईपनि परेका छन् ।

नायक पल शाह थुनामुक्त भएको क्षणमा खुशी हुँदै गायक राईपनि त्यहाँ पुगेका थिए । सर्मिला वाइबापनि त्यहाँ थिइन् ।

मानिसहरुको भीडमा गायक राजेश पायल राईले सर्मिला वाइबालाई जनता जान्न चाहान्छ ऋषि धमलासँग भएको के हो भनेर सोधिदिए । त्यसपछि सर्मिला यो दाई को हो रे ? भन्दै गायक राईसँग खनिइन् ।

उनले एउटा सबैले मानेको कलाकार भएर मानिसहरुको भीडमा मिडियाको अगाडि अरुको मान हानी हुनेगरी बोलेको भन्दै उनले गायक राईलाई गाली गर्न थालिन् । मानिसहरुको अगाडि गायक राई नीलो, कालो भए । त्यतिले मात्र सर्मिला रोइनन् । उनले गायक राईमाथी नानाथरी बोल्न थालिन् ।

एलिजा क्यानेडा गएको बेला ऋषि धमलाको घरमा बस्ने गर्थे – सर्मिला वाइबा

सामाजिक अभियान्ता सर्मिला वाइबा र पत्रकार ऋषि धमलाबीच प्रेम सम्बन्ध रहेको कुरा उनले बारम्बार बोल्दै आएकी छिन् ।

रास्ट्रीय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिँदै गर्दा १२ भाइ पत्रकारको कर्तुत भन्दै रवि लामिछानेले पोल खोले । त्यसपछि सर्मिला ऋषिको कर्तुत भन्दै सामाजिक सञ्जालमा अभिव्यक्ति दिन थालिन् ।

सर्मिलाले आफ्नो फेसबुक वालमा ऋषि धमलासँग खिचेका फोटो पोस्ट गर्दै लेखेकी थिइन्, “ऋषि धमलालाई ११० को जोरो आउने अब म बनाउछु । ” त्यसपछि मिडियामा अन्तरवर्ता दिएपछि फेसबुकमा स्टाटस लेख्दै भनेकी छिन, “अहिले मेरो बारेमा एक–अर्कामा टिकाटिप्पणी मिडियामा आको कुरा सत्य हो। म कानूनी रुपमा जादैछु। म मर्छु सत्य कुरा गर्न डराउँदिन यो कुरा ध्यान आकर्षण होस् ।

स्टार अनलाइन टिभीमा दिएको अन्तरवर्तामा उनले बताएकी छिन, ” ऋषि धमला पत्नी एलिजा गौतम क्यानेडामा जाँदा म सर्मिला वाइबा ऋषि धमलाको घरमा आएर बस्ने गरेकी थिए । यो कुरा उनले ऋषि धमलाको ड्राइभर लगाएत अरु धेरैलाई थाहा भएको कुरा समेत बताएकी छिन । उनीहरू विगत ११ वर्षदेखि सम्बन्ध रहेको कुरा समेत उनले खुलाएकी छिन् ।

त्यति मात्र कहाँ होर, उनीहरूको सम्बन्धको बारेमा पत्नी एलिजा गौतमलाई पनि थाहा भएको कुरा प्रस्ट पारेकी छिन । तर उनको यो आरोप स्वतन्त्र पुष्टी भएको छैन ।जनबोली न्यूज नेटवर्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *