बढेर आयो खाना पकाउने ग्यासको मूल्य

समाचार

काठमाडौँ : इण्डियन आयल कर्पोरेशन (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीअनुसार नेपाल आयल निगमलाई खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ६३५ रुपैयाँ घाटा हुने भएको हो ।

आईओसीले आज पठाएको नयाँ मूल्य सूचीअनुसार एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ३३९ रुपैयाँ बढेर आएको छ । यससँगै एलपी ग्यासको खरिद लागत प्रतिसिलिन्डर २४३५ रुपैयाँ पुगेको नेपाल आयल निगमले जनाएको छ ।

इडियन आयल कर्पोरेसनले नेपाल आयल निगमलाई ग्यासबाहेक इन्धनको मूल्य घटाएर पठाएको छ भने ग्यासको मूल्य भने बढेर आएको छ । आयल निगमका अनुसार भारतले पठाएको पछिल्लो मूल्यसूचीअनुसार पेट्रोलमा १.२१ रुपैयाँ, डिजेलमा ५ रुपैयाँ, मट्टीतेलमा ३ रुपैयाँ र हवाई इन्धनमा ७ रुपैयाँ घटेर आएको छ ।

पछिल्लो मूल्यसूचीअनुसार १५ दिनमै ९३ करोड रुपैयाँ घाटा हुने आयल निमगले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *