बैदेशिक रोजगार बिभाग भित्रै म्यानपावर व्यवसायीले कुटे अभियन्ता तारा बराललाई !

समाचार

सामाजिक अभियन्ता तारा बरालमाथि आज कुटपिट भएको छ । बैदेशिक रोजगार बिभाग भित्रै म्यानपावर व्यवसायीले अभियन्ता तारा बराललाई कुटपिट गरेका थिए । उनको अहिले ट्रमा सेन्टरमा उपचार हुँदैछ । वैदेशिक रोजगार व्यवसायीहरुको लाइसेन्स खोस्न माग गर्दै वैदेशिक रोजगार विभागमा दबाब दिन पुगेकी बरालसहित,

उनको समूहका केहि जनामाथि परिसरभित्रै कुटपिट हुन थालेपछि प्रहरीले बराल समूहका चार/ पाँच जना र वैदेशिक रोजगार व्यवसायी एक जनालाई नियन्त्रणमा लिएको थियो । बराल समूहले मेनपावरहरुको लाइसेन्स खारेज गर्नुपर्ने र नेपालीलाई वैदेशिक रोजगारमा जान रोक लगाउनुपर्ने माग राखेको थियो ।

यो पनि/ अन्य समाचार- नारायणी नदी किनारमा आरतीस्थल निर्माण गरिने , चितवन– नारायणगढ बजार नजिकै नारायणी नदी किनारमा आरतीस्थल निर्माण गरिने भएको छ । भरतपुर महानगरपालिकाले सो क्षेत्रका लागि तयार पारेको गुरुयोजनामा पर्ने गरी आरतीस्थल निर्माण गर्न लागिएको हो । सघन सहरी तथा भवन निर्माण आयोजनाले सो स्थल निर्माणका लागि ठेक्का सम्झौता गरिसकेको छ ।

महानगर प्रमुख रेनु दाहालका अनुसार नदी किनारमा साँझमा आरती गर्न सुन्दर देखिने गरी आरतीस्थल निर्माण गर्न लागिएको हो । नदी किनारमा हाल बगरमा उभिएर नियमित आरती गरिँदै आइएको छ । उनले भने, ‘यो स्थल निर्माणसँगै आरती गर्नेका लागि सहज र सुन्दर हुने छ ।’ आरतीस्थल २८ मिटर लम्बाइ र पाँच मिटर चौडाइको हुनेछ ।

उनका अनुसार जमिनको सतहबाट केही मिटर अग्लो बनाइने आरतीस्थल ढुङ्गाले छापिने छ । आरतीस्थलको बाहिरी भागमा ‘मोज्याक टायल’ लगाइने छ । सबै क्षेत्रलाई उज्यालो दिने गरी आकर्षक ४५ वटा बत्ती जडान गरिने दाहालले जानकारी दिए । आरतीस्थलको पूर्व र पश्चिमतर्फको नदी तटीय क्षेत्रमा सिँढी निर्माण गरेर तटबन्ध गरिँदै छ ।

निर्माण कार्य पनि यसै वर्ष सुरु हुँदैछ । सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख प्रकाश अर्यालका अनुसार आरतीस्थल, देवघाटमा बसपार्क र महानगरभित्रका विभिन्न ठाउँका १८ किलोमिटर सडक कालोपत्र एक साथ ठेक्का सम्झौता गरिएको छ । ४१ करोड १९ लाखमा ठेक्का लगाइएको हो । १८ महिनामा सम्पन्न हुने गरी महालक्ष्मी ओम सत्यसायी जेभिले निर्माण सम्झौता गरेको छ ।

आरतीस्थलको काम थोरै भएकाले छिटो सम्पन्न हुने छ । महानगर उपप्रमुख चित्रसेन अधिकारीले नदी किनारमा आरतीस्थल, तटबन्धन, पैदलमार्ग, हरियाली पार्क लगायतको निर्माणको काम एकैसाथ हुन लागेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *