खुशी हुँदै जेलबाट बाहिरिए पल शाह, कारागार बाहिर देखियो अनौठौ दृश्य हेर्नुस् फोटो फिचर

समाचार

नेपाली फिल्म क्षेत्रका चर्चित नायक तथा म्युजिक भिडियोका मोडल पल शाह रिहा भएका छन् । उनलाई जिल्ला कारागार, तनुहँले रिहा गरेको हो । उच्च अदालत, पोखराले पललाई सबै आरोपमा सफाई दिएपछि उनी रिहा भएका हुन् ।

पल रिहा हुने खबर पाएसँगै उनका शुभचिन्तक, पत्रकार तथा दमौलीका जनताहरु कारागार अगाडि पुगेका थिए । उनीहरुले पल शाह हाईहाई, यो जित कसको पल शाहको भन्दै नारा लगाएका थिए ।

पललाई फूलमाला, खदा र अबिर लगाएर स्वागत गरिएको छ । पललाई लिनका उनका परिवार, आफन्त कारागार पुगेका थिए ।
पलले रिहा भएपछि कुनै प्रतिक्रिया भने दिएका छैनन् । उनी आज नै पोखरा अन्तरराष्ट्रिय विमानस्थलहुँदै काठमाडौं आउने कार्यक्रम छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *