पल शाह छुट्ने खबरले उत्साहित हुँदै पूजा शर्माले लेखिन् आज पानी पर्यो, सबै फोहोर पखालियो

समाचार

पोखरा, १४ फागुन । कलाकार पल शाह छ ुट्ने खबरले सिने क्षेत्रमा खुशीयाली छाएको छ । जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि कलाकार पल शाहले गरेको पुनरावेदनमा उच्च अदालतले अभियोग दावी नपुग्ने ठहर गरेसँगै पल शाह जेलमुक्त हुने भएका छन् ।

उच्च अदालत पोखराले आइतबार पुनरावेदन सुनुवाई गर्दै अभियोग दावी नपुग्ने ठहर गरेसँगै जेलमुक्त हुन लागेका पल शाहकी नजिककी साथि पूजा शर्माले खुशी व्यक्त गरेकी छिन् ।

उनले फेसबुकमा स्टाटस लेख्दै भनेकी छिन् आज पानी पर्यो, सबै फोहोर पखालियो । मेरो साथी पलले सफाइ पायो । अब सबै कुरा सुन्दर भएर आयो । धन्य भगवान

Leave a Reply

Your email address will not be published. Required fields are marked *