८४ वर्षका एक वृद्धले ६४ वर्षीया नारायणीसँग कसे लगनगाठो, भन्छन् ‘एक्लै थियो अब खुशी छौ’

रोचक

गुल्मी -गुल्मीमा ८४ वर्षका एक वृद्धले ६४ वर्षीया महिलासँग बिहे गरेका छन् । धुर्कोट–२ सुफलका कुलानन्द खनालले अर्घाखाँचीको शीतगंगा–१ की ६४ वर्षीया नारायणी पौडेलसँग विवाह गरेका हुन् ।

डेढ दशकदेखि एक्लिएका खनालले श्रीमान् बितेपछि एक्लै भउकी नारायणी पौडेलसँग विवाह गरेका हुन् । श्रीमती बितेको १५ वर्ष भउको र छोराछोरी भए पनि आफूलाई बुढेसकालमा एक्लै बस्नुपर्दा दुःख भएकाले विवाह गर्नुपरेको खनालको भनाइ छ ।

पकाउन–खान र बिरामी पर्दा उपचारमा जान समस्या परेकाले साथी खोज्नुपरेको उनले बताए । तीन छोरा, दुई छोरी छन् तर पछिल्ला दिनमा अलि दुःखै भउको रएक्लै भउका कारण ािहेको नारायणीले बताइन् ।

खनाल र पौडेल दुवैका छोरीको नेपालगन्जमा बिहेबारी भएको छ । छोरी भेट्न गएका बेला संयोगले आफूहरूको भेट भएको नारायणीले बताइन् ।वृद्धावस्थाको विवाहले जोडी बन्दा दिनचर्या सहज भएको नारायणीले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *