अष्ट्रेलियामा छोरो भेट्न आएकी एक नेपाली आमाको विमानस्थलमै दुखःद निधन भएको छ । आमाको निधनले बिछिप्त छोराले शव नेपाल पठाउन सहयोग संक’लन अभि’यान थालेर सबैलाई सकेको साथ सहयोग गर्न आह्वान गर्नुभएको छ ।
यस्तो छ घट’ना विवरण – नेपाल ट्युब अष्ट्रेलियाको सम्पर्कमा आउनुभएका राजु तामाङले आफ्नी आमा ठुलिकान्छी तामाङ सिड्नी विमानस्थलमा आइपुग्दा बेहोस हुनुभएको र एक घण्टा पछि उहाँको दु:खद नि’धन भएको जान’कारि गराउनुभएको छ ।
न्यु साउथ वेल्सस्थित वागावागामा बस्दैआउनुभएका छोरा राजुलाई भेट्न काठमाडौंको सुकेधाराबाट आउनुभएकी ५५ वर्षिया आमाको नि’धनले सिंगो तामाङ परिवार विछिप्त बनेको छ ।
मृ’तक ठुलिकान्छीका छोरा राजुसँगको समन्वयमा यतिबेला एनआरएनए अष्ट्रेलियाले आमाको शव स्वदेश (नेपाल) लैजान आर्थिक सं’कलनका लागि गोफण्ड मी अभि’यान सुरु गरेको छ ।
यो अभियान १५ हजार डलर संकलन गरिएपछि रोकिनेछ । शव घर फर्काउन मद्दत खोजिरहेको यो परिवारलाई सकेको सहयोग गरेर शोकलाई शक्तिमा बदल्न। – सुदृष्टी बाट