अब सार्वजनिक बिदाका दिन पनि कार्यालय खुल्ने

समाचार

सरकारले अधिकांश बिदाका दिन अति आवश्यक कार्यालय खोल्ने निर्णय गरेको छ ।बिहीबारको मन्त्रिपरिषद् बैठकले अत्यावश्यक कार्यालयहरु शनिबार बाहेक सार्वजनिक बिदामा कार्यालय खोल्ने निर्णय गरेको हो ।

सार्वजनिक विदा धेरै भएको र सेवाग्राहीले सरकारी कार्यालयमा दुख पाएको भन्दै सरकारले यस्तो तयारी गरेको हो ।कुन बिदामा कार्यालय खोल्ने कुन बिदामा नखोल्ने भन्ने निर्णय गर्ने जिम्मा गृहमन्त्रालयलाई दिइएको एक मन्त्रीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *