४ नेपाली युवतीहरूको डान्स भिडियो विश्व भरिनै भाइरल ,भारतीय मिडियामा समेत खुलेरै प्रसंशा (भिडियो हेर्नुहोस)

मनोरंजन

काठमाडौँ – इन्टरनेटको दुनियाँ अहिले सोशल मिडियाबाट विभिन्न मानिसहरु एक सामान्य मानिसबाट रातारात भाईरल भएर सेलिब्रेटी बनेका थुप्रै उदाहरण छन् ।अझ अहिले फेसबुक, टिकटक युट्युब र इन्स्टाग्राममा थुप्रै सुन्दर भिडियोहरू हेर्न सकिन्छ। आजकल साना बालबालिकाको नृत्य पनि इन्टरनेटमा निकै भाइरल भइरहेको देखिन्छ । यो भिडियो चाहि नेपाली युवतीहरूको हो जुन नेपाल मात्र नभई छिमेकी राष्ट्र भारतमा समेत चर्चाको विषय बनेको छ।

सो गित रिलिज भएको करिब ९ वर्ष बितिसक्यो। जसमा कंगना रनौत ‘क्वीन’ले डान्स गरेकी हुन्। कंगना रनौत ‘क्वीन’का गीतहरू अझै पनि लोकप्रिय छन्। जसले पार्टी र चाडपर्वलाई जीवन्त बनाउँछन्। ती मध्ये, विवाह र पार्टीहरूमा सबैभन्दा बढी बजाइने गीत भनेको ‘लन्डन ठुमाक्डाʼ हो। यो गीत फेरि एक पटक सबै उचित कारणले इन्टरनेटमा ट्रेन्डिङ सुरु भएको छ।

सोही गीत ‘लन्डन ठुमाक्डा’मा नेपाली चार जना युवती नाचिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। सो भिडियोमा युवतीहरूले गरेको सिम्पल डान्स स्टेपको पनि खुलेरै प्रसंशा भएको थियो ।

यो भिडियो इन्स्टाग्राममा thewingsofficial नामको एकाउन्टबाट सेयर गरिएको थियो। यो भिडियो अहिलेसम्म लाखौंले हेरिसकेका छन् भने २.७ लाखभन्दा बढीले लाइक गरेका छन् त १४ हजार भन्दा बढिले कमेन्टस गरेका छन्। यो भिडियो भाईरल भएसँगै थुप्रै भारतीय मिडियाले कबर गरेका छन् ।

त्यस्तै भारतीय आज तक टेलिभिजन च्यानलले समेत यो भिडियोलाई कबर गरेको छ। “Viral Dance Video: नेपाली लड़कियों का धांसू डांस वीडियो देखा? भन्ने शिर्षकमा समाचार प्रकाशन गरेको छ । जुन भिडियो हेर्नुहोस।अहिले यो भिडियोलाई मानिसहरुले सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा शेयर गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *