५ बर्षनै प्रधानमन्त्री हुन् पाउने भएपछी ओलीलाई छोडेर पुरानै गठबन्धनमा फर्किदै प्रचण्ड

समाचार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र देउवाबीच छलफल भइरहेको कांग्रेस स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार राष्ट्रपति निर्वाचन र पुरानो गठबन्धन ब्युँताउने विषयमा देउवा र प्रचण्डबीच निर्णायक छलफल भइरहेको छ ।माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल,

कृष्ण सिटौला र महामन्त्री गगनकुमार थापा बालुवाटार पुगेका हुन् ।२५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । फागुन १० गतेसम्म माओवादीलाई कांग्रेस उम्मेदवारको पक्षमा उभ्याउन कांग्रेस नेताहरूले प्रयास गरिरहेका छन् ।

पुस १०मा सात दलीय गठबन्धनबाट सरकार बन्दा राष्ट्रपति नेकपा एमालेले पाउने सहमति भएको थियो । तर पुस २६ मा कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि राष्ट्रपतिका विषयमा नयाँ बहस भइरहेको छ । एमालेले पुस १० सहमति कार्यान्वयनका

अडान लिएको छ भने माओवादी केन्द्रले राष्ट्रिय सहमति राष्ट्रपति चयन हुनुपर्नेमा जोड दिइरहेको छ । यसले सत्ता गठबन्धनमा खटपट पैदा भएको छ । उक्त परिस्थितिमा कांग्रेस र माओवादीबीचको छलफलले राजनीतिले नयाँ कोर्स लिने आंकलन गरिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच राष्ट्रपतिको विषयमा सहमति हुन नसकेको अवस्थामा प्रचण्ड र देउवाबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रचण्डले आफ्नो पार्टी राष्ट्रपतिबारे राष्ट्रिय सहमतिको पक्षमा रहेको बताउँदै आएका छन् । यस्तै कांग्रेसले राष्ट्रपतिमा माओवादीले आफूलाई सघाउने विश्वास व्यक्त गर्दै आएको छ ।

त्यस्त्यै राष्ट्रपति निर्वाचनबारे छलफल गर्न नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ।पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले सोमबार बैठक बस्ने तयारीको जानकारी दिए।सोमबार पदाधिकारी बैठक बस्ने भनिए पनि समय भने तय नभएको उनले बताए।

राष्ट्रपति निर्वाचनलाई लिएर सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेका नेताहरूको भिन्न मत छ।नेकपा माओवादी केन्द्रले सहमतिको आधारमा राष्ट्रपति चयन गर्नुपर्ने अडान लिएको छ। उसले सहमति नभए एमालेलाई साथ दिन नसक्ने स्पष्ट पारेको छ।एमालेले भने आफ्नो उम्मेदवार बाहेकमा सहमति हुन नसक्ने स्पष्ट पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *