एमबीबीएस टपर डाक्टर भन्दै ठगी गर्ने दुई युवती प्रहरीको फन्दामा

समाचार

काठमाडौँ : एमबीबीएस टपर डाक्टर र उच्च पदस्थ कर्मचारीको छोरीको रूपमा आफूलाई चिनाएर ठगी गर्ने कार्यमा संलग्न दुई जना युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झापा घर भई काठमाडौँको खिचापोखरी बस्ने ३२ वर्षीया उषा कार्की र चितवन घर भई खिचापोखरीमै बस्ने २० वर्षीया निकिता सुवेदी रहेका छन् ।

उनीहरुले पीडितको मोबाइल नम्बरमा फोन सम्पर्क गरी उच्च पदस्थ कर्मचारीको छोरी भएको तथा काठमाडौँको बाँसबारीमा घर रहेका र यूनिभर्सिटिबाट एमबीबीएस टपर डाक्टर भएको भन्दै प्रभावमा पार्ने गरेका थिए ।

यस्तै हाल विद्यालय सम्बन्धी शैक्षिक कार्यक्रम लगायत बिद्यार्थीहरुलाई खेलकुद सामाग्री वितरण गर्ने काम गर्ने गरेको झुट्टा बहाना बनाई ईसेवा वालेटमा रकम पठाउन लगाएर ठगी गरेको उजुरी परेको थियो ।

उनीहरूलाई खोजतलास गर्दै जाने राजधानीबाट पक्राउ गरिएको हो । उनीहरूलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि शुक्रबार जिल्ला प्रहरी परिसर टेकु पठाइएको कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *