काठमाडौँ | यस वर्षको महाशिवरात्रि भोलि (शनिबार) मनाइँदै छ । महाशिवरात्रिमा करिब २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको छ ।
यसैगरी, आज (शुक्रबार)देखि आइतबारसम्म पशुपति शङ्कराचार्य पूजन महोत्सव कार्यक्रम राखिएको छ । यस कार्यक्रममा सहभागी हुन पुरी मठका जगतगुरु शङ्कराचार्य सरस्वती निश्चलानन्द स्वामी पशुपति मन्दिर आइपुगिसकेका छन् । पशुपति परिसरमा महाशिवरात्रिको अवसरमा यस प्रकारको यो पहिलो विशेष कार्यक्रम हो । हेर्नुस –
गायिका डा. त्रिशला गुरुङले अन्तत उनै प्रेमी भनिएका संगीतकार रोहित शाक्यसँग विबाह गरेकी छिन् । कुनै समय शाक्यलाई उनका प्रेमी भनेर समाचारमा छाउँदा आपत्ति जनाएकी त्रिशलाले अन्तत बिहिबार उनैसँग लगनगाँठो कसेकी हुन् ।
संगीतकार रोहित उनै हुन्, जसलाई त्रिशलाको प्रेमी भनेर सञ्चारमाध्यमले सार्वजनिक गर्दा घरपरिवारबाट त्रिशलाले धेरै गाली समेत खाएकी थिइन् ।धेरै गाली खाएका कारण प्रेमीलाई मिडिायबाट टाढै राखेकी उनले राजधानीमा आयोजित एक पत्रकार सम्मेलन नै गरेर समाचारप्रतिआपत्ति जनाउँदै देखाएको प्रतिक्रिया घरपरिवारबाट बच्नका लागि भन्ने अहिले आएर खुलेको छ ।
सो सम्मेलनमा उनले आफ्नोबारे आएका सबै समाचारहरु झूटो भएको र यस्ता अनावश्यक समाचारहरुले घरपरिवारमा पनि समस्या निम्त्याएको बताउँदै परिवारलाई खुशी पार्न खोजेकी थिइन् ।