काठमाडौँ – पोखरामा माघ १ गते भएको यती एयरलाइन्सको विमान दु’ र्घटनासम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ ।पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजत्वमा गठित ५ सदस्यीय जाँचबुझ आयोगले दु’ र्घटनाअघि विमानको ‘कमान्ड’
परिवर्तन भएको विवरण खुलाएर बुधवार प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको हो ।प्रतिवेदनअनुसार विमानको बायाँतर्फको सीट (जुन मुख्य कमान्ड दिने ठाउँ हो) मा क्याप्टेन अञ्जु खतिवडा बसेकी थिइन् । प्रशिक्षक पाइलट कमल केसी दायाँतर्फ बसेका थिए ।
दायाँतर्फ सामान्यतया को-पाइलट बस्ने गर्छन् । ‘खतराको संकेत प्राप्त भएपछि १०:५७:१८ बजे विमानको नियन्त्रण पीएफ (अञ्जु खतिवडा)ले पीएम (कमल केसी)लाई सुम्पेकी थिइन्,’ प्रतिवेदनमा भनिएको छ ।त्यसक्रममा खतिवडाले इञ्जिनमा पावर नरहेको कुरा बताएको समेत प्रतिवेदनमा उल्लेख छ ।
उक्त दु’ र्घटनामा परी चालक दलका ४ सदस्यसहित ७२ जनाको नि’ धन भएको थियो । एयर ट्राफिक कन्ट्रोलर(एटीसी)ले अवतरणका लागि धावनमार्ग ३० उपलब्ध गराएका थिए, तर उडानको अन्तिम चरणतिर चालक दलले धावन मार्ग १२ मागेको प्रतिवेदनमा उल्लेख छ ।
पाइलटले मागेपछि एटीसीले १२ मा अवतरण गर्न अनुमति दिएका थिए । बिहान १०: ५१ मा धावनमार्गको उत्तरतर्फ १२ बाट अवतरण गर्न प्रयास भएको थियो ।प्रतिवेदनअनुसार १० :५६ मा पाइलटहरूले विमानको पंखा १५ डिग्रीको पोजिसनमा राखेका थिए ।
र, धावनमार्गमा ल्याउनका लागि ल्यान्डिङ गियर समेत खोलेका थिए ।विमान उडाइरहेकी खतिवडाले विमानलाई देब्रेतर्फ नै निरन्तर लगिरहने हो कि होइन भन्ने सोध्दा प्रशिक्षक केसीले निरन्तरता दिन निर्देशन दिएको पनि प्रतिवेदनमा उल्लेख छ ।त्यसपछि खतिवडाले
विमान तल लग्ने कि नलग्ने भन्ने सोध्दा त्यो आवश्यक नरहेको भन्दै केसीले अलिकति बढी पावर लगाउन निर्देशन दिएका थिए ।त्यसपछि अन्तिम सेकेन्डमा खतिवडाले विमानको सम्पूर्ण कमान्ड प्रशिक्षक केसीलाई सुम्पिएकी थिइन् । तर, दुर्भाग्य! केसीले पनि दु’ र्घटना टार्न सकेनन् ।
‘दु’ र्घटनाका क्रममा विमानको दुवै इञ्जिन प्रोपेलर फेदरमा गएको देखिन्छ, त्यो किन भयो भनेर अनुसन्धान जारी नै छ,’ आयोगका सदस्य सिनियर इन्जिनीयर एकराज जंग थापाले भने ।