गोंगबुमा प्रहरीको गाडी जलाउने ६ जना पक्राउ

समाचार

गोंगबुमा यातायात मजदूरको विरोध प्रदर्शनका क्रममा प्रहरीको गाडी तथा प्रहरी विट तोडफोड गर्ने व्यक्तिहरू पक्राउ परेका छन् ।

माछापोखरी चोकस्थित नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका यातायात व्यवसायहरूले ट्राफिक कारवाहीको विषय लगायत विभिन्न १० बुँदे माग राखी गरेको विरोध प्रदर्शन कार्यक्रममा प्रहरी वृत्त बालाजुका लागि खटिएका प्रहरी कर्मचारीहरू लिई गएको प्रहरी वृत बालाजु सवारी साधन अगजनी गरी पूर्ण क्षति भएको घटनामा संलग्नहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा उदयपुर बलमता गा.पा.वडा नं. २ घर भई हाल काठमाण्डौ तार्केश्वर १०, मनमैजु वस्ने पर्शुराम राईको छोरा वर्ष ४० को बिक्रम राई, नुवाकोट पञ्चकन्या ३ घर भई हाल काठमाण्डौ जिल्ला टोखा नगरपालिका ३ बानियाटार वस्ने कुल बहादुर भण्डारीको छोरा वर्ष ३० को रामहरी भण्डारी, लमजुङ वेशीशहर ५ घर भई हाल काठमाण्डौ जिल्ला तार्केश्वर नगरपालिका वडा नं. १० वस्ने दिपेन श्रेष्ठका छोरा वर्ष २३ को विवेक श्रेष्ठ रहेका छन् ।

त्यस्तै, काभ्रेपलान्चोक मानेडाडाँ घर भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. १६ बस्ने रत्न बहादुर तामाङ छोरा वर्ष ३१ को राजेश तामाङ, प्युठान कडी गाउँपालिका १ घर भई हाल काठमाण्डौ जिल्ला गोंगवु वस्ने सुरज पुन मगरको छोरा वर्ष १८ को दिपेन्द्र पुन मगर र काभ्रेपलान्चोक भुम्लु गाउँपालिका २ घर भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. १६ गंगाहल वस्ने गकुल खड्काको छोरा वर्ष २० को आशिष खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ गरिएकाहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम अपराधिक उपद्रव गर्न नहुने कसूर सम्बन्धी मुद्दा दर्ता गरी काठमाडौ जिल्ला अदालतबाट ३ दिन म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

बा २ झ १४४ नम्बरको स्करपियो गाडी र बा १ झ ७२२४ नम्बरको माज्दा गाडी तोडफोड भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *