१३ लाख डाउन पेमेन्टमा एटो ३, यस्तो छ मासिक किस्ता

समाचार

काठमाडौं । बीवाइडीको आधिकारीक विक्रेता साइमेक्स इंकले तीन दिन अघि नेपालमा मूल्य सार्वजनिक गर्दै १०० किलोवाट क्षमताको एटो ३ बुकिङ खुल्ला गरेको हो ।

सानो मोटरमा आएसँगै यो कारको मूल्यमा भारी गिरावट आएको छ । १०० किलोवाट क्षमताको मोटर भएका गाडीमा अन्तःशुल्क नलाग्ने र भन्सार १० प्रतिशत मात्रै लाग्ने भएको कारण यसको मूल्य २५ लाख रुपैयाँ कम भएको हो । यो इलेक्ट्रीक कार किन्न चाहने मानिसले १२ लाख ९८ हजार रुपैयाँ डाउन पेमेन्ट वापत जम्मा गर्दा पुग्नेछ ।

अहिले बजारमा ब्यमजदर केहि महंगो भएको कारण ५१ लाख २ हजार रुपैयाँ कर्जा लिँदा करिब १३ प्रतिशत हाराहारी ब्याज तिर्नु पर्ने हुन्छ भने मासिक रुपमा ९४ हजार ५०० रुपैयाँ किस्ता तिर्दा एटो ३ चढ्न पाइन्छ ।

नयाँ भर्सनमा कम्पनीले पीक पावर १०० किलोवाट क्षमताको पर्मानेन्ट म्याग्नेट सिंक्रोनस मोटर दिइएको छ । यसले ३१० एनएम टर्क प्रदान गर्छ । सानो १०० किलोवाटको मोटर जडान भएपनि यसमा पनि ६०.४ किलोवाट आवरको ब्लेड ब्याट्री दिइएको छ ।

अन्य सबै फिचर १०० किलोवाट र १५० किलोवाटको गाडीमा समान रहेको छ । सुरक्षाको लागि यो एसयूभीमा अगाडि भ्यान्टीलेटड डिस्क र पछाडि डिस्क ब्रेक दिइएको छ । यसका साथै ७ वटा एयरब्याग, इलेक्ट्रीक पार्किङ ब्रेक, एबीएस, इएसपी, ट्रयाक्सन कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, इन्टिलिजेन्ट क्रुज कन्ट्रोल, अटोमेटीक ब्रेकिङ, फ्रन्ट कुलिजन वार्निङ, डोर ओप्पन वार्निङ, लेन डिपार्चर वार्निङ, लेन किप एसिस्ट, क्रस ट्राफिक अलर्ट जस्ता फिचर दिइएको छ ।

यसको इन्टेरियर पनि निकै आकर्षक रहेको छ । फिटनेस र म्यूजिकको थिममा तयार भएको इन्टेरियरले जो कसैलाई लोभ्याउने छ । मल्टीफङ्सनल स्टेरियङ ह्वील, ५ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, लेदर सिट, फोल्डिङ रियर सिट, ६ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट, आइएसओ फिक्स चाइल्ड सिट, १२.८ इन्चको रोटेड इन्फोटेन्टमेन्ट सिस्टम, वायरलेस चार्जर, किलेस इन्ट्री, ८ वटा स्पीकर पाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *