लामो समयसम्म ट्वाइलेट सिटमा बस्नुहुन्छ ? लाग्न सक्छ यस्तो गम्भीर रोग

रोचक

काठमाडौं । आजकल मानिसहरु घण्टौंसम्म बाथरुममा बस्छन् । धेरैको बाथरुममा बसेर पेपर पढ्ने बानी हुन्छ भने कोही व्यक्ति घण्टौंसम्म मोबाइल चलाउने गर्छन् । तर के तपाईलाई थाहा छ लामो समयसम्म ट्वाइलेटमा बस्दा तपाई धेरै गम्भीर रोगको सिकार बन्न सक्छ । विज्ञहरुका अनुसार ट्वाइलेट सिटमा १० मिनेटभन्दा बढी बस्नु खतरनाक हुन्छ । १० मिनेटभन्दा बढी ट्वाइलेट सिटमा बस्नु किन खतरनाक हुन्छ र के–के रोग लाग्न सक्छन् जानौँ

ब्याक्टेरियाले तपाईंलाई बिरामी बनाउँछः ट्वाइलेट भित्र र ट्वाइलेट सिटमा कैयौं प्रकारका खतरनाक कीटाणुहरू हुन्छन्, जुन सफा गरे पनि हट्दैनन्। जब कुनै व्यक्ति धेरै घण्टासम्म कागज वा फोन लिएर शौचालयमा बस्छ, तब ती ब्याक्टेरिया अखबार र फोनमा पनि टाँसिन्छन्। घरभित्र फेरि अखबार ल्याइन्छ र फोन पनि प्रयोग गरिरहन्छ। दुवै कुरा सफा गर्न सकिँदैन। यस्तो बानीले तपाईलाई धेरै बिरामी बनाउन सक्छ वा तपाई बारम्बार बिरामी भइरहनु हुन्छ ।

पाइल्सको समस्या हुन सक्छः विज्ञहरूका अनुसार लामो समयसम्म ट्वाइलेट सिटमा बस्ने मानिसलाई पायल्सको उच्च जोखिम हुन्छ । यसको मुख्य कारण ढाडको तल्लो भागको मांसपेशीमा लामो समयसम्म दबाब पर्नुलाई पाइल्स हुने मानिन्छ ।

पाचनमा असर गर्छः लामो समयसम्म ट्वाइलेट सिटमा बस्ने मानिसको बलिङ मुभमेन्ट प्रभावित हुन्छ । बलिङ मुभमेन्टमा गडबडीका कारण कब्जियतको समस्या बढ्न सक्छ । पेट राम्रोसँग सफा नहुने समस्या पनि बढ्न थाल्छ ।

मांसपेशिहरु कमजोर हुन्छन्ः लामो समयसम्म ट्वाइलेट सिटमा बस्ने मानिसहरुको ढाड र पेटका मांसपेशीहरु कमजोर हुन थाल्छ । यस्तो अवस्थाका कारण तपाईको कम्मर र खुट्टाको मांसपेशी कमजोर भइ दुख्ने छिटै गल्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *