लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ। स्याङ्जा खुँदी घर भएका उनको गएराति घरमै निधन भएको हो।लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय रहेका पौडेल केहि समय अघिदेखि बिरामी थिए। उनको निमोनियाका कारण निधन भएको जनाइएको छ।
उनले रुमाल बैना,तिम्रो सिउँदो भर्न सकिन, भन्थ्यौं माया जुनीभर मौलाउने, जमाना यस्तै छ लगायत थुप्रै गीत गाएका छन्।यस्तै पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानमा लोकगायिक निरा छन्त्यालको मृत्यु भएको छ।
उनी माघी मनाउन सो विमानबाट पोखरा जाँदै थिइन्। तर,पोखरा नपुग्दै उनी चढेको विमान दुर्घटनामा पर्यो। पोखरामा पाइला टेक्न नपाउँदै उनी संसारबाट विदा भइन्।उनीसहित ६८ यात्रु सवार रहेको यती एयरलाइन्सको विमान पोखरा विमानस्थलमा अवतरणका क्रममा सेती खोँचमा दुर्घटनाग्रस्त भयो।
पुरानो एयरपोर्टको आकाश पुग्न १ मिनेट पनि नपुग्दै जहाज आकाशमै कोल्टियो र सेतीनदीको खोँचमा खसेको थियो।उनले विमान चढ्नुअघि माघे संक्रान्तिको अवसरमा शुभकामना दिएकी थिइन्।
माघे संक्रान्तिको शुभकामना दिँदै उनले लेखेकी छन्-‘माघे संक्रान्तिको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्मपूर्ण आमाबाबु,दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु।’अब प्रस्तुत मृत्यु भएका गायक गायिका निरा छन्त्याल र भिम पौडेललाई सम्झेर रुँदै गाएको दोहोरी शंकर र सलिनाले :