फागुन १ गते सार्वजनिक बिदा

समाचार

काठमाडौँ । बागमती प्रदेश सरकारले आगामी फागुन १ गते सार्वजनिक बिदा दिने भएको छ ।प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने जानकारी दिएको हो ।

बागमती प्रदेशको गत माघ २४ गते बसेको मन्त्रीपरिषद् बैठकले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।सोही अनुसार मन्त्रालयले बिहीबार सूचना जारी गरेको मन्त्रालयका प्रवक्ता एवम् उपसचिव अनुशील सापकोटाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *