अभिनेत्री निता ढुंगनाले आफ्नो नयाँ चलचित्रमा अभिनय गर्ने भारतीय कलाकारसँगको तस्बिर सार्वजनिक गरेकी छन् । चलचित्र ह्रस्वदीर्घमा अभिनय गर्ने विश्वप्रसिद्ध हास्य कलाकार ब्रम्हानन्दन, अलि र चन्द्र पन्तलगायतका कलाकारसँगको तस्बिर सार्वजनिक गरेकी हुन् ।
निता फिल्मसको ब्यानरमा हिजोबाट सुरू भएको चलचित्र विश्वकै ठूलो फिल्म एकडेमी रामाजी दादासाहेब फिल्म स्टुडियोमा हुँदैछ । केहि समय फिल्म क्षेत्रबाट टाडा रहेकी निता फेरी पनि पर्दामा फर्किएकी छिन् ।
विभिन्न म्युजिक भिडियोमा लोकप्रियता कमाउँदै गएपछि उनी फिल्ममा समेत अवसर सिर्जना गर्न सफल भएकी थिईन । पछिल्लो समय निकै नै कम मात्र चलचित्रमा देखिएकी नीता यस समय भने आफैले चलचित्र निर्माण गर्दै छिन् ।