८२ करोडको चिट्ठा परेका रन्जितकुमार पाल के भन्छन ? टिकटकमा गरिएको सानो अन्तरवर्ता (भिडियो सहित)

भिडियो

सिरहाको गोलबजार नगरपालिका–१० का रञ्जितकुमार पालले संयुक्त अरब इमिरेट्स (यूएई) मा २३ मिलियन दिरामको चिट्ठा जितेका छन् । कतारमा कार्यरत पालले झन्डै ८२ करोड २७ लाख रुपियाँभन्दा बढीको चिट्ठा जितेका हुन् । उनले ‘बिग टिकट’ नामक अनलाइनमा चिट्ठा काटेका थिए ।

उनले भने, “चि ट्ठाको विजेता घोष णा गर्दा म अफिसमै लाइभ हेर्दै थिएँ । ग्राहक आएपछि काममा लागेँ । काम सकिएपछि फेरि भिडियो हेर्दा थाहा भयो, २३ मिलियन दिरामको पुरस्कार मैले जितेछु।”मध्य मवर्गीय परिवारका पालले यो पुरस्कार जित्दा खुसी भएको ब ताउँदै अहिले गर्दै आ एको कामलाई निरन्तरता दिने प्रस्ट्याए ।

उनले भने, “म कतार आएको सात वर्ष भयो। पहिले हिमाल रेमिटको प्रतिनिधिको जिम्मेवारीमा थिएँ। केही समययता म इस्टर्न मनी एक्सचेन्ज सनैयामा कार्यरत छु। काम छोड्ने कुनै योजना छैन।” आजको गोरखापत्र दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *